२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • सांस्कृतिक रुपमा पर्यटकलाई आकर्षित गर्न बुटवलमा महाआरती गरेका हौं

    महाआरती र पर्यटन प्रवद्र्धन एक आपसमा जोडिएको विषय हो


    रचना पन्त
    सबै धर्ममा आ-आफ्ना अनुयायी हुने गर्दछन्। सांस्कृतिक रुपमा भेला भएर अर्को धर्मको पनि सम्मान गर्दै रुचिपूर्वक हेर्ने सुन्ने जान्ने इच्छुक पनि पर्यटकहरु छन्। लुम्बिनी बुद्धधर्म सँग सम्बन्धित क्षेत्र हो। हामी हिन्दुधर्महरुले लुम्बिनी अनि बुद्ध धर्मलाई सम्मान गर्र्छौै। बुद्ध धर्म मान्नेहरुले हिन्दु धर्मका गतिविधिहरुलाई सम्मान गर्ने प्रचलन छ। मुश्लिम समुदायको इद लगायतका पर्व अनि इसाइहरुको क्रिसमसलाई पनि हामीले सम्मान गर्दै आएका छौं।

    धार्मीक तथा सांस्कृतिक गतिविधिहरुले प्रर्यटन प्रवद्र्धनमा ठूलो सघाउ पुर्याउँदै आएका छन्। विश्वमा ठूलो संख्यामा मान्छेहरु धार्मिक कारणले पनि भ्रमण गर्ने गरेको तथ्यांक छ। त्यसैले बुटवललाई भोलीका दिनमा धार्मिक तथा सांस्कृतिक रुपमा पनि पर्यटन प्रवद्र्धन गर्न महाआरती आयोजना गरेका हौं। धर्म संस्कृतिमा रुची राख्ने पर्यटकहरुलाई बुटवलमा महाआरती हुँदैछ हेर्न जाउँ भन्ने लाग्छ।

    तिनाउलाई धार्मिक रुपमा तिलोत्तमा भनेर चिनिन्छ। तिलोत्तमा नदिको महत्वमा भएको महाआरतीमा सहभागी हुन धार्मिक आस्था भएका पर्यटकहरु आउन सक्नुहुन्छ। सांस्कृतिक रुपमा अर्को धर्म संस्कृतिको सम्मान गर्ने र सँगै सहकार्य तथा सांस्कृतिक रुपमा अभियानमा हिड्नुभएका पर्यटकहरुलाई पनि हामीले आकर्षित गर्ने लक्ष्य रहेको छ।

    धर्म र संस्कृति विना पर्यटन प्रवद्र्धन अपुरो छ भन्ने कुराहरुको मान्यता पनि एकखालले स्थापित भएको छ। त्यसैले महाआरती र पर्यटन प्रवद्र्धन एक आपसमा जोडिएको विषय हो। गतवर्ष पनि पर्यटन दिवसको पूर्वसन्ध्यामा नाट्टा लुम्बिनी प्रदेशको तर्फबाट हामीले महाआरती गरेका थियौं।

    भोली असोज १० गते विश्व पर्यटन दिवस मनाइँदै छ। त्यसको पूर्वसन्ध्यामा असोज ९ गते साँझ ५ बजेबाट बुटवल उपमहानगरपालिका ३ गोलपार्कको दुर्गा मन्दिरमा महाआरती गर्दैछौं। पर्यटन व्यवसायीहरुको तर्फबाट यो महाआरती दोस्रो पटक हो। सांस्कृतिक रुपमा पर्यटन प्रवद्र्धन गर्न विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा अब प्रत्येक वर्ष महाआरती गर्ने निर्णय नाट्टा लुम्बिनी प्रदेशले गरेको छ।

    अरु दिन धार्मिक संघ संस्था र मन्दिर समितिहरुले पनि महाआरती कार्यक्रम गर्न सक्नुहुने छ। लाखौं जनताहरुको महाआरती रोजाइ बन्छ भने यहाँका स्थानिय समुदाय संघ संस्था समाजसेवीहरु अन्य निजि संघ संस्थाहरुको सहकार्य र उपमहानगरपालिकाले विशेष संरक्षकत्व गरेर यसलाई नियमित लैजान हामीले आग्रह गर्न चाहान्छौं।

    सांस्कृतिक पर्यटकहरु पनि बुटवलमा आउन चाहान्छन् भन्ने एउटा सन्देश दिन चाहेका छौं। यो सन्देशलाई नियमित गर्न स्थानिय समुदायहरु अगाडी बढ्नुस भनेर हामी आह्वान पनि गर्न चाहान्छौं। बुटवलमा आएर छरिएर बस्ने पर्यटकहरुलाई साँझमा कता जानेहोला भन्ने पर्छ, ती पर्यटकहरुलाई आकर्षित गर्न पनि यो अवधारणा बनाएका हौं। अर्को कुरा सुनौलीनाकाबाट रिडी, सालिग्राम भएको कालिगण्डकी हुँदै मुक्तीनाथ पुग्ने धार्मिक मार्ग पनि हो। जहाँ लाखौंको संख्यामा हिन्दु, बुद्धधर्मका अनुयायीहरु तथा अन्य धर्म मान्ने सांस्कृतिक पर्यटकहरु यो मार्ग भएर यात्रा गर्नुहुन्छ । यात्रा गर्नेहरु एकरात बुटवल पनि बस्न सक्ने वातावरण बनाउन आवश्यक छ। अन्य पर्यटकीय गन्तव्यको प्रवद्र्धनसँगै महाआरती जस्ता कार्यक्रम गरेर हामीले उहाँहरुलाई भुलाउने वातावरण बनाउन सक्छौं।

    (कुराकानीमा आधारित)