२०८१ आश्विन २१ गते, सोमबार ०७:१२
  • लुम्बिनी केबलकार आजदेखी तीन दिन बन्द हुने

    बुटवल-लुम्बिनी केबलकार आजदेखि तीन दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि असोज १४ गतेदेखि १७ गतेसम्म पूर्णरुपमा बन्द हुने लुम्बिनी केबलकार लिमिटेडका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताए। कुनै प्राविधिक समस्या आएर नभई नियमित प्रकृया अन्तर्गत पहिलोपटक सञ्चालन रोकेर नियमित मर्मत सम्भार गर्न लागिएको उनले जानकारी दिए।
    तीन दिन सेवा बन्द हुँदा पर्यटक र भक्तजनमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको र असोज १७ गते देखि केबलकार नियमित रुपमा सञ्चालनमा आउने अपरेशन म्यानेजर सैजूले जानकारी दिए। गत जेठ १५ गतेदेखी बुटवलदेखी बसन्तपुर जोड्ने गरि लुम्बिनी केबलकार सञ्चालनमा आएको हो। सञ्चालनमा आएको ४ महिनामा करिब ७५ हजार जनाले केबलकार यात्रा गरेका छन्।