२०८१ आश्विन २१ गते, सोमबार १३:१२
  • टान जर्नालिजम अवार्डबाट तीन पत्रकार पुरस्कृत

    काठमाडौँ -ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले तीन जना पत्रकारहरुलाई पुरष्कृत गरेको छ। टानले आफ्नो ४५ औँ वार्षिक साधारणसभा मार्फत ‘टान जर्नालिजम अवार्ड २०२३ बाट सञ्चार क्षेत्रबाट पर्यटन क्षेत्रको प्रवद्र्धनमा ठुलो सघाउ पुर्याएको भन्दै पुरस्कृत गरेको हो।

    सेतोपाटी अनलाइनकी सविना कार्की, एपीवान टेलिभिजनकर्मी सुवास थापा र राष्ट्रिय समाचार समितिका अच्युत गुरागाईँ टान जर्नालिजम अवार्ड २०२३ बाट पुरस्कृत भएका हुन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि र टानका अध्यक्ष निलहरी बास्तोलाले नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए।