२०८१ आश्विन २१ गते, सोमबार १३:१३
  • दिगो पर्यटन परियोजनाको राष्ट्रिय आयोजना संयोजकमा श्रेष्ठ

    काठमाडौँ – युएनडिपी अन्तर्गतको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको राष्ट्रिय आयोजना संयोजकमा श्रद्धा श्रेष्ठ नियुक्त भएकी छन्। श्रेष्ठ नेपाल पर्यटन बोर्डको प्रवन्धक समेत हुन्। जीविकोपार्जन पुनरुत्थानका लागी दिगो पर्यटन परियोजना (एसटीएलआरपी) मा राष्ट्रिय आयोजना संयोजकमा नियुक्त भएर सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको उनले बताएकी छन्।

    आगामी दिनमा नयाँ र फरक शैलीका साथ कार्यसम्पादन गर्ने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेकी छिन्। नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीसँगको सहकार्यमा २०७८ सालदेखि जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरेको हो ।