२०८१ आश्विन २१ गते, सोमबार ०७:१३
  • सिन्धुपाल्चोकको सुकुटेमा ह्याममेक केवलकार, स्विङ र टेन्डम स्काई रोप साइकल सञ्चालनमा

    सुकुटे– सिन्धुपाल्चोकको सुकुटेमा नेपालमै पहिलोपटक ह्याममेक केवलकार, ३६० डिग्री स्विङ लगायत साहसिक खेलका गतिविधिहरू सञ्चालनमा आएका छन्। करिब एक करोड रुपैयाँको लगानीमा थ्रिल भ्याली प्रालिले सुकुटेमा स्विङ सहित विभिन्न साहसिक खेलहरू सञ्चालनमा ल्याएको हो।

    स्विङमा ३६० डिग्रीमा घुमेर ‘थ्रिल’को अनुभव गर्न सकिने कम्पनीले जनाएको छ। यस किसिमको स्विङ नेपालमै पहिलोपटक भएको दाबी गरिएको छ। र्‍याफ्टिङ व्यवसाय गर्दै आएका महेन्द्र श्रेष्ठ, सम्झना खड्का र राज केसीको लगानीमामा सुकुटेमा थ्रिल भ्याली सुरु भएको हो।

    कम्पनीले भोटेकोसी खोला माथी २२० मिटर लामो जिपलाइन पनि सुरु गरेको छ। साथै २२० मिटर लामो स्काइ रोप साइकल पनि सन्चालनमा आएको छ। स्काइ रोप साइकलमा एक जना बसेर चलाउने र जोडि नै बसेर चलाउन मिल्ने गरि बनाइएको छ।

    साहसिक खेलका पारखीहरूका लागि लक्षित गरि कम्पनीले सञ्चालनमा ल्याइएको सञ्चालक श्रेष्ठले जानकारी दिए। कम्पनीले सञ्चालनमा आएको अवसरमा रिसोर्टले आफ्ना ग्राहकहरूका लागि तिहारसम्म विभिन्न छुटको घोषणा गरेको छ।

    जसअनुसार, स्वीङका लागि ३ सय रुपैयाँ प्रतिव्यक्ति, केबल कारका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ, स्काइ साइकलको एक हजार रुपैयाँ प्रतिव्यक्ति तथा डबल स्काइ साइकलको १५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ।