२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • भारतीय पर्यटक बढेका बेला अब भैरहवाबाट लखनऊ र बनारस उडान हुनुपर्छ

    ‘पर्यटकीय वातावरण बनेन भने हामी पनि पलायन हुनुपर्ने अवस्था आउँछ’

    सञ्जय बजिमय
    पछिल्लो समय नेपाल घुम्न आउने भारतीय पर्यटकहरु बढेका छन्। बेलहिया हुँदै आउने उनीहरु लुम्बिनी, पोखरा, मुक्तीनाथ, पशुपतिनाथ जान्छन्। कतिपय भारतीयहरु यहीबाट जनकपुरसम्म पुग्ने गरेका छन्। भारतीय पर्यटकहरुको आगमन बढेको यो बेला भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चलायनमान हुनुपर्छ। भैरहवाबाट दिल्ली, लखनऊ र बनासरसम्म उडान सुरु हुनुपर्छ। यसो भयो भने भारतीय पर्यटकहरु अझै बढ्न सक्छ, क्वालिटी पर्यटकहरु आउन सक्थे।

    भैरहवाबाट दिल्लीको लागि जेट विमान अर्थात ठूला जहाज नै चल्नुपर्छ। तर लखनौ र बनारस एटिआर जहाज पनि चल्न सक्छ। लखनऊ र बनारसको लागि बुद्ध एयरले उडानको अनुमती पनि लिइसकेको छ, तर चलाएको छैन। नेपाल एयरलाईन्ससँग अहिले जहाज छैन। तर उसले जहाज किनेर चलाउन सक्छ। यस्तै भारतीय विमान कम्पनीहरुले पनि लखनौ र बनारसबाट भैरहवा उडान गर्दा राम्रो विजनेश पाउँछन्। यसको लागि पहल हुन जरुरी छ। हामीले त कुरा राखिरहेका छौं।

    पोखरा विमानस्थल पनि सुचारु हुनुपर्छ। भैरहवाबाट भारतका विभिन्न शहरमा उडान हुँदा पोखराबाट चिनका शहरमा उडान हुनुपर्छ। पोखराबाट हङकङ, तिब्बत र बेजिङ उडान राख्यो भने मज्जाले चल्छ। भैरहवाबाट भारत र पोखराबाट चिनतर्फका शहरहरुमा उडान भयो भने नेपालको पर्यटन क्षेत्र चलायमान हुन्छ। हामीकहाँ राम्रो खर्च गर्न सक्ने पर्यटक आउँथे।

    पछिल्लो समय भारतीय पर्यटकहरु नेपाल आउन खोजिरहेका छन्। उनीहरुले साथमा २५ हजार भन्दा बढि ल्याउन नपाउने अवस्था छ। ५ सय भारु ल्याउन दिइएको छैन। यसले राम्रो संकेत दिँदैन। उनीहरु सहजसँग आउने वातावरण बन्नुपर्छ। बुटवल नरायणगढ सडक विस्तारको ढिलाइले पर्यटकहरुले पनि सास्ती पाइरहेका छन्। पर्यटकीय वातावरण बन्न यो छिटो सम्पन्न हुनुपर्छ। पर्यटकीय वातावरण बन्न सकेन भने पर्यटक आउँदैनन्। पर्यटक नआएपछि हाम्रो व्यवसाय पनि चल्दैन। अहिले युवाहरु पलायन भइरहेका छन्। सरकारी स्तरबाट केही पहल भएन भने अब हामी पनि छिट्टै पलायन हुनुपर्ने अवस्था आउँछ।
    (कुराकानीमा आधारित)