२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • बडा दसैंको अवसरमा होटल पौवाले सरायँ नाच प्रदर्शन गर्ने

    बुटवल – बडा दसैंको अवसरमा होटल पौवाले रुपन्देहीको तिलोत्तमामा सरायँ नाच प्रदर्शन गर्ने भएको छ।
    नेपालीको महान् पर्व बडा दशैँलाई उत्सवका रुपमा मनाउन तिलोत्तमाको योगिकुटीमा रहेको होटवल पौवामा यही कात्र्तिक १७ गते सराय नृत्य प्रदर्शन गर्ने भएको हो। लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सरायँ नृत्य बारे नयाँ पुस्तालाई जानकारी गराउने तथा सँस्कृति संरक्षणमा टेवा पुर्याउने उदेश्यले सरायँ नाच प्रदर्शन गरिने होटलका प्रबन्ध निर्देशक विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए।

    दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतका जिल्लाहरुमा सरायँ नाच प्रदर्शन हुने गर्दछ । यसैगरी होटल पौवाले यो वर्षको दशैँलाई उत्सवको रुपमा मनाउन योगीकुटी सहितका तीन वटा शाखामा परम्परागत लिङ्गे पिङ राखेको छ।

    नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन भैरहवा, बुटवल र भालुवाङ शाखामा लिङ्गे पिङको व्यवस्था गरिएको हो प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिए। होटल पौवाले स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलसहित देशभर १२ स्थानबाट सेवा दिइरहेको छ।

    कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन्।

    नेपालका विभिन्न स्थानमा सञ्चालित होटल पौवाले सांस्कृतिक पहिचानलाई जोगाइराख्न समेत प्रयास गर्दै आएको ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ प्रमुख विष्णु भण्डारीले बताए। पर्यटन उद्योगको एक अंश रहेको हस्पिटालिटी क्षेत्रमा उदाइरहेको होटल पौवाले पनि नेपाली संस्कृति र परम्परालाई आत्मासाथ गर्दै हरेक चाडपर्वलाई उत्सवका रुपमा मनाउँदै आइरहेको उनको भनाइ छ।