२०८१ आश्विन २१ गते, सोमबार ०९:१०
  • राष्ट्रसंघका महासचिव गुटेरेस आज लुम्बिनी आउँदै

    लुम्बिनी– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान बुद्ध जन्मस्थल लुम्बिनी आउँदैछन्। ४ दिने नेपाल भ्रमणको क्रममा आइतबार विहान लुम्बिनी आएका गुटेरेस आज विहान लुम्बिनी आउन लागेका हुन्। सोमबार पोखरा गएका गुटेरेस मंगलबार विहान अन्नपूर्ण आधारसिविर पुगेका छन्।

    त्यहाँबाट पोखरा आइ पोखराबाट भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आवतरण गर्ने छन्। गौतमबुद्ध विमानस्थलबाट हेलिकप्टरमा लुम्बिनी पुगेपछि गुटेरेसलाई चार नम्बर गेटबाट गाडीमा शान्ति दीपमा लगिनेछ। उनलाई शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित स्थानीय आमा समूह, थारु समूदाय लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत स्वागत गर्नेछन्।

    मायादेवी मन्दिर, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर परिसरमा गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गर्ने कार्यक्रम छ।

    कोषका तर्फबाट महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक महत्त्वका विषयमा लुम्बिनी विकास कोषले जानकारी गराउने कार्यक्रम पनि रहेको छ। कोषका तर्फबाट गुटरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटरेसले आफ्नो धारणा राख्नेछन्। लुम्बिनीमा डेढ घन्टा बिताएपछि साढे १० बजे काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको छ।