२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • माउन्टेन गाइड पेम्बाबारे लेखिएको पुस्तक ‘स्टेप बाई स्टेप’ सार्वजनिक

    काठमाडौँ -माउन्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाबारे लेखिएको पुस्तक ‘स्टेप बाई स्टेप’ सार्वजनिक भएको छ। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा मार्क पावेलद्वारा लेखिएको उक्त पुस्तक सार्वजनिक गरिएको हो।

    ‘स्टेप बाई स्टेप’ पुस्तक सार्वजनिक गर्दै पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पुस्तक मार्फत गाइड पेम्बालाई अन्तराष्ट्रिय रुपमा परिचित गराउने प्रयास गरिएको उल्लेख गरे। ‘लेखक पावेलले मान्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाबारे किताब लेखेर दुनियाँको सामुन्ने प्ररिचित गराउन प्रयास गरेकोमा धन्यबाद दिन चाहान्छु।’ उनले भने। शेर्पा सामुदायबाट अगाडि आएको एउटा युवा कसरी ‘स्टेप बाई स्टेप’ गर्दै अगाडि बढ्छ भन्ने कुरा पुस्तकमा समेटिएको पोखरेलको भनाइ छ।

    मान्टेन गाइड पेम्बाले आफ्नोबारे लेखिएको किताब ‘स्टेप बाई स्टेप’ सार्वजनिक गर्न पाउँदा निकै खुःसी भएको सुनाए। हिमालमा हरेक पाइला महत्वपूर्ण हुन्छ। जब आरोहीले हार मान्न खोजिरहेको हुन्छ, त्यो बेला हामीले उनीहरुलाई अब पुग्न लाग्यो केही कदममात्र हो भन्दै लानेछौं।’ उनले भने।

    कार्यक्रममा काठमाडौंस्थित न्युजिल्यान्डका कन्सुलेट लिसा चोग्याल, यति एयरलान्सका अध्यक्ष लाक्पा सोनाम शेर्पा, संघीय सांसद मनवीर राई, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा, खुम्बु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पा, खुम्बु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हमु शेर्पा लगायतको सहभागीता रहेको थियो।