२०८१ आश्विन २१ गते, सोमबार ०९:१०
  • नेपाल एयरलाइन्सले उद्दार उडान र राहत सामाग्रीको ढुवानी निःशुल्क गर्ने


    काठमाडौँ -नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्सले) भुकम्प प्रभावित क्षेत्रमा उद्दार उडान र राहत सामाग्री ढुवानी निशुल्क गर्ने भएको छ। कात्र्तिक १७ गते गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा निशुल्क सेवा दिने निर्णय गरेको हो। निगमको नाइएन एबीटी कल साइनको जहाज ट्वीनअटर जहाजले शनिवार विहान रुकुम पुगी नेपाल सरकारको समन्वयमा घाइतेहरुलाई काठमाडौँ र नेपालगञ्जसम्म उद्दार गरि लगेको थियो।

    उद्दार गरिएका घाइतेको हवाइ भाडा निशुल्क गर्ने र राहत सामाग्री ढुवानीमा समेत शुल्क नलिने निगमले आइतबार विज्ञप्ती जारी गरेको विज्ञप्तीमा उल्लेख छ। ‘भुकम्प प्रभावित क्षेत्रबाट उद्दार गरिएका घाइते र कुरुवाको हवाइ भाडा सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले निशुल्क गर्ने निर्णय गरेको छ।’ विज्ञप्तीमा भनिएको छ ‘साथै नेपाल सरकारको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने राहत सामाग्री समेत क्षमता र ठाउँ उपलब्धताको आधारमा निगमको उडान हुने सेक्टरबाट सेड्युल उडानमा निशुल्क ढुवानी गरिने छ।’

    यस्ता उद्दार कार्यमा सहभागी हुन र राज्यको सशक्त उपस्थिती देखाउन राष्ट्रिय ध्वाजाबहाकको आवश्यकता र महत्व अझै टड्कारो रुपमा देखिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए।