२०८१ आश्विन २१ गते, सोमबार ०७:०४
  • भूकम्प प्रभावितलाई लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने

    लुम्बिनी-जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पिडितहरुका लागि लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने भएको छ। कोष सचिवालयको बैठकले तत्तकाल राहात र उद्धारका लागि कोषका तर्फबाट २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

    भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतीप्रती दुःख व्यक्त गर्दै कोषका तर्फबाट प्रभावितहरुलाई प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोष मार्फत सहयोग गर्ने निर्णय भएको सदस्य सचिव सानुराजा शाक्यले बताए।

    सदस्य सचिव शाक्यका अनुसार कोषका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री एंव कोषका अध्यक्ष सुदन किराँती र उपाध्यक्ष डा। ल्हारक्याल लामाले प्रधानमन्त्रीलाई सहयोग चेक हस्तान्तरण गर्नेछन। कोषले भूकम्पबाट मृत्यू भएकाहरुप्रती श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

    शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यू भएको गहृमन्त्रालयले जनाएको छ।