२०८१ आश्विन २१ गते, सोमबार ०७:०१
  • मुम्बईको फिल्म सिटी र गोवाको प्राकृतिक आनन्दमा रमाउँदा

    दिनेश खड्का
    यात्रा भन्ने वितिकै मन नै रोमाञ्चित हुन्छ। यात्रा केवल रमाइलोका मात्र, केही नयाँ कुरा देख्ने सिक्ने अवसर पनि मिल्छ। त्यसैले केही नयाँ सिकौं भन्ने अभिप्रायका साथ शान्ति नमुना मा.वि.मा कार्यरत हामी नौ जना साथीहरुको समूह २०८० कार्तिक १० गते अर्थात अक्टोबर २७ मा रुपन्देहीको मणिग्रामबाट सुनौली तर्फ प्रस्थान गर्यौं। दशैको रमझम नसकिँदै भारतको विभिन्न स्थानको भ्रमणका लागि हामी अघि बढेका थियौं।

    सबैजना एउटै रङको टिर्सटमा सजिएकोले बाटोमा सबैको आँखा हामीतर्फ नै थियो। यी मानिसहरु को होलान् र कहाँ हिडेका होलान भनेर उनहीहरुमा जिज्ञाशा झल्किएको होला।सुनौलीबाट गोरखपुरसम्म हाम्रो यात्रा स्थानीय बसमा भयो। निकै फरक अनुभूति गर्दै करीव तीन घण्टा पश्चात हामी गोरखपुर पुग्यौ। स्थानीय समय अनुसार गोरखपुरदेखि मुम्बईसम्मको हाम्रो फ्लाइट साँझ ६.३० बजेको थियो। निर्धारित समयमै हामी गोरखपुरबाट उड्यौ।

    करीव २ घण्टाको हवाई यात्रापछि हामी मुम्बईको भब्य र सानदार तरिकाले बनाइएको एरपोर्टमा पुग्यौं। त्यस दिनको हाम्रो बसाई मुम्बई स्थित होटल प्रिभिलेज इनमा भयो।मुम्बइका विभिन्न ठाउँ घुम्ने हुटहुटी संगालेका हामीलाई अर्को दिनको प्रतिक्षा थियो।

    अक्टोबर २८ का दिन हामी गेट वे अफ इन्डिया, ह्यागिङ गार्डेन, जुहु विच, वाङ्खडे स्टेडियम, मेरिन ड्राइभ, बान्द्रा पुल लगायतका स्थानहरुको अवलोकन गयौं। यी स्थानमा रमाउँदा र जानकारी लिँदा हरेक आनन्दको अनुभुती ग¥यौं।मुम्बई भ्रमणको दोस्रो दिन अर्थात अक्टोबर २९ मा बलिउड संसार फिल्म सिटीमा हाम्रो अध्ययन अवलोकन रह्यो। सोही दिन राती ११ बजे मुम्बइदेखि गोवासम्मको रेलयात्रा शुरु भयो । अर्को दिन हामी करीव १२ बजे मडगाव स्टेशनमा ओर्लियौं।

    मडगावबाट विगंर रिजर्भ गरेर हामी नर्थ गोवातर्फ लाग्यौं। करीव डेढ घण्टाको यात्रापछि हामी नर्थ गोवाको मुटु मानिने बागा बिचको आसपासमा रुम खोजेर बस्यौं। दुई दिनसम्म नर्थ गोवाको रमाइलोमा हामी भुल्यौ। रङ्गिन दुनिया रहेको नर्थ गोवाको रमाइलो र प्राकृतिक आनन्दले हाम्रो मन तानिरह्यो। नर्थ गोवा बसाईको दोस्रो दिन गोवाको राजधानी स्थित पन्जीममा गरिएको सांगीतिक कार्यक्रम सहितको सीप कु्रज पनि निकै अविस्मरणिय रह्यो।

    दुई दिनको नर्थ गोवा बसाइ पछि साउथ गोवा पुग्यौं। नोभेम्बर १ र २ तारिखमा साउथ गोवाका विभिन्न ठाउँको अवलोकन ग¥यौं। नोभेम्बर २ गते साँझ ५ बजे मडगावदेखि मुम्बईको यात्राको लागि रेल वे स्टेशन पुग्यौ, यद्यपी ट्रेन भने निर्धारित समय भन्दा १ घण्टा ढिलो आइपुग्यो। अर्को दिन बिहान ५ बजे मुम्बईमा उत्रियौ।मुम्बईमा उत्रिएपछि केही समयको आरामपछि हामी मुम्बइमा सपिङ्ग गरेर दिउसो १ बजे मुम्बई एयरपोर्टतर्फ लाग्यौं ।

    स्थानीय समय अनुसार ३.३५ मा उडान गर्नुपर्ने विमान एयर ट्राफिकका कारण करीव ४ बजेमात्र उडान ग¥यो। करीव २ घण्टाको हवाइ यात्रापछि हामी गोरखपुरमा उत्रियौ र ट्याक्सी बुक गरी सिधैं बेलहिया नाका हुँदै घरतर्फ फर्कियौं।
    सामान्य उतारचढाव बाहेक यात्राका क्रममा कुनैपनि जटिलता र कठिनाई भोग्नु नपरेकोले यो यात्रा निकै अविस्मिरणिय र फलदायी रह्यो। त्यसैले त भन्न सकिन्छ – यात्राले धेरै कुरा सिकाउछ । आखिर हाम्रो जीवन नै एक यात्रा त हो।

    भिडियो