२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • सैनामैनामा आजदेखि औद्योगिक व्यापार महोत्सव हुँदै

    सैनामैना -छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, उद्योग, व्यापार तथा प्रविधि महोत्सव आजबाट सुरु हुँदैछ। सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि मंसिर १७ गतेसम्म सैनामैना नगरपालिका वडा नं ३ मुर्गिया स्थित निर्माणाधीन सैनामैना पार्क एवं दुर्गा मन्दिर परिसरमा महोत्सव सञ्चालन हुने छ।

    महोत्सवको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन पूर्व झाँकी र र्याली निकालिने छ । सैनामैना २ कालिका चोक पूर्वपट्टि, उत्तरपट्टि बुद्धचोक देखि र पश्चिमबाट घमहा खोला देखि सुरु हुने र्याली महोत्सव स्थलमा पुगी समारोहमा परिणत हुने सैनामैना उद्योग वाणिज्य सङ्घका महासचिव लोकनाथ अधिकारीले जानकारी जानकारी दिए।

    मेलामा स्थानीय देखि प्रदेश र केन्द्र सम्मका विभिन्न व्यापारिक व्यवसायी एवं दैनिक उपभोग्य सामाग्रीहरुको स्टल लगभग एक सय, स्थानीय स्टल सत्तरी र अन्य स्टलहरु स्थानीय कृषि सामग्री बेचबिखन एवं प्रदर्शनीका लागि छुट्टाइएको स्टल व्यवस्थापन समितिका संयोजक दीपक अधिकारीले बताए।