२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • टानद्वारा भूकम्प पिडितको लागि साढे ५ लाख सहयोग

    काठमाडौँ -ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले भूकम्पबाट पीडितहरुको लागि पाँच लाख ५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको छ।जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि टानले सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो।

    टानका अध्यक्ष निलहरि बाँस्तोलालगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यले मंगलबार विहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको हो।