२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • स्मृति बोर्डिङ् स्कुलमा पर्यटनसम्बन्धी वक्तृत्वकला, अभिषेक खड्का प्रथम

    तिलोत्तमा – रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ शंकरनगरमा रहेको स्मृति बोर्डिङ् स्कुलमा पर्यटनसम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नेपालको आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले युएनडीपी तथा नेपाल टुरिजम बोर्डको सहकार्यमा टुरिजम रिसर्च एण्ड ट्रेनिङ् इन्स्च्यिुटको आयोजनामा सो प्रतियोगिता भएको हो।

    ‘लुम्बिनी प्रदेशको पर्यटन र संभावना’ विषयमा भएको बक्तीत्वकला प्रतियोगितामा अभिषेक खडका प्रथम भएका छन्। आयुश गौतम द्वितीय र स्वेच्छा क्षेत्री तृतीय भएका थिए। इन्स्च्यिुटले मुलुकभरिका १०० वटा विद्यालयमा विद्यालय पर्यटन सचेतना कार्यक्रम अन्तर्गत पर्यटन विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिरहेको छ। पर्यटनबाटै समृद्धि भन्ने मूल नारासहित देशव्यापी अभियान अन्तर्गत उक्त ट्रेनिङ् इन्स्च्यिुटले विद्यालयहरुमा पर्यटन क्लबसमेत गठन गर्ने गरेको छ। सो अन्तर्गत स्मृति बोर्डिङ् स्कुलमा रौनक चौधरीको अध्यक्षतामा ११ सदस्यीय विद्यालय पर्यटन क्लब गठन गरिएको छ ।

    कार्यक्रममा टुरिजम रिसर्च एण्ड ट्रेनिङ् इन्स्च्यिुटका अध्यक्ष मदन कुमार बरालले आन्तरिक पर्यटन प्रबद्र्धन गरी मुलुकलाई समृद्धितर्फ लैजाने उद्देश्य रहेको बताउदै पर्यटन सचेतना विद्यालयस्तरबाटै शुरु गर्नुपर्ने आवश्यकता औल्याए। उनले यस आर्थिक वर्षमा देशका ५०० शिक्षकहरुलाई पर्यटन सम्बन्धी प्रशिक्षण दिने लक्ष्य राखेको जानकारी पनि दिए।

    सो अवसरमा स्मृति बोर्डिङ् स्कुलका उपप्राचार्य केशबहादुर गुरुङले ट्रेनिङ इन्स्च्यिुटले कार्यक्रमका लागि आफ्नो विद्यालयलाई छानेकोमा आयोजकलाई धन्यवाद दिँदै मुलुकलाई पर्यटनबाटै समृद्ध बनाउने अभियानमा विद्यालयको सदैव सहयोग रहने प्रबिद्धता व्यक्त गरे। सो अवसरमा शिक्षक जीवनदीप आचार्य र विजय कुमारले आ आफ्ना भनाइ राखेका थिए।