२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • पश्चिमका पर्यटकीय स्थलहरु समेटिएको विष्णु खत्रीको ‘बागलुङ कालिकामा’ गित सार्वजनिक

    काठमाडौँ -लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ। पञ्चेबाजा आधारित गितमा पश्चिम क्षेत्रका ख्याती प्राप्त धार्मिक एवं पर्यटकीय स्थलहरुलाई समेटिएको छ। ‘बागलुङ कालिका सँगै गुल्मीको मालिका, म्याग्दीको गलेश्वर, पर्वतको गुप्तेश्वर मुस्ताङको मुक्तीनाथ, अर्घाखाँचीको सुपा देउराली, प्युठानको स्वर्गद्वारी, पाल्पाको भैरबस्थान, मनकामना, डिग्रे सासाईकुमारी चर्चासँगै दृष्यहरु कैद गरिएको छ।

    ‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत आइतबार गित सार्वजनिक भएको हो। सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र संगीत पनि खत्रीकै रहेको छ।
    आशिष अविरलको संगीत संयोजन रहेको सो गीतको म्यूजिक भिडियोमा कलाकार तुलवीर थापा ‘समर्पण’ र यशु भट्टराईको अभियन रहेको छ। कथा र भिडियो निर्देशन विनम्र खत्रीले गरेका छन्।

    विष्णु खत्रीका यसअघि ‘जाउँला ढोरपाटन’, ‘मलाई हतार भइसक्यो’, ‘धवलागिरिको’लगायत पञ्चेबाजा गीत सार्वजनिक भएका थिए। लोकगायक खत्रीका पञ्चेबाजा गीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत गीत पनि चर्चित छन्। सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत रहेका उनी दुई दशकदेखि गीत सिर्जना र गायनमा सक्रिय छन्।