२०८१ आश्विन २१ गते, सोमबार ०९:१८
  • कोषका उपाध्यक्ष लामा र जापानी राजदुत युताकाविच भेटवार्ता

    लुम्बिनी-नेपालका लागि जापानी राजदूत किकुता युताकाले लुम्बिनीको भ्रमण गरेका छन्। राजदुत किकुतालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका थिए। राजदुत सहितको टोलीले मायादेवी मन्दिर, शान्तिदीप लगायतका क्षेत्रको भ्रमण पनि गरे।

    यसैबीच राजदुत युताका र कोषका उपाध्यक्ष डा। लामासँग पनि भेटवार्ता भएको छ। भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एंव लुम्बिनी गुरुयोजना लगायतका बिषयमा उपाध्यक्ष डा. लामा र राजदुत किकुताविच छलफल भएको छ।

    उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएको भन्दै यसको विकासका लागि जापानसँग कोषले सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए। सन् १९७८ मा जापानिज बास्तुकलाविद् केन्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयनका सम्बन्धमा पनि राजदूतसँग उपाध्यक्ष लामाको कुराकानी भएको थियो।

    भेटमा राजदुत युताकाले विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरुको पवित्र स्थल लुम्बिनी भएकाले यसको विकासमा सहकार्य गर्न जापान सदैव तयार रहेको प्रतिबद्धता जनाए। दोस्रो विश्वयुद्धपछि जापानमा भएको नरसंहारपछि आफूहरु शान्ति, अहिंसाको मार्गमा रहेकाले आफुहरुका लागि लुम्बिनी पवित्र स्थल रहेको राजदुतको भनाइ छ। भेटमा दुईदेशविचको मित्रवत सम्बन्ध, बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जापानमा प्रचार प्रसार गर्न र लुम्बिनीको विकासका सम्बन्धमा सहकार्यका बिषयमा समेत छलफल भएको थियो।

    यस्तै सोमबार नै जर्मन राजदुताबासका डेपुटी हेड अफ मिसन डा। स्टेफान रुसकलाई पनि कोषले स्वागत गरेको थियो ।