२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • टेवानको छैटौं साधारणसभा सम्पन्न

    पोखरा-पर्यटन व्यवसायी महिला संर्घ टेवानैको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारण सभाको पोखरामा उद्घाटन् गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्यार्ल तिवारीैले गण्डकी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएको बताईन्।

    उनले प्राकृतिक सौन्दर्यतालाई जोगाउँदै त्यसको उपयोग गर्नुुपर्ने उल्लेख गर्दै अधिकतम पर्यटक ल्याउने तबरबाट लाग्नुु जरुरी रहेको धारणा राखिन्। महिला पर्यटन व्यवसायीलाई संगठित गर्दै टेवानले व्यवसायिक दक्षता अभिबृद्धि गर्ने किसिमका कार्यक्रममा जोड दिनुपर्ने बताईन् ।

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले प्राकृतिक सौन्दर्यताका कारण पोखराको पर्यटन विश्वमाझ परिचत भएको बताउँदै यसको संरक्षणलाई पनि प्राथमिकतामा राख्नुुपर्ने बताए। पर्यटनको विकासले आर्थिक समृद्धिसँगै रोजगारी अभिबृद्धिमा महत्वपूर्ण टेवा पुुग्ने उनले बताए।

    कार्यक्रममा टेवानका सल्लाहकार बोबरजंग गुरुङले पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवानले खेलेको भूमिकाको प्रशंसा गरे। टेवानका अध्यक्ष कमला गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमल्सिर्ना पगेनीै, जिल्ला अध्यक्ष बिमला भण्डारी, संगीता बराल टेवानका उपाध्यक्ष प्रभा सुवेदी, महासचिव अनिता खड्का लगायतले आ आफ्ना भनाइ राखेका थिए।

    यस्तै टेवानका कार्यक्रममा सहयोग पुु¥याउने कमलराज कोइराला, विभिन्न कार्यक्रममा संयोजकको जिम्मेवारी निर्वाह गरेका व्यक्तिलाई सम्मान गरिएको थियो ।