२०८१ आश्विन २१ गते, सोमबार ०९:११
  • ‘सुन्दा अपत्यारिलो लाग्ला’ भन्दै प्रचण्डले भने ‘अर्को वर्ष पर्यटकको संख्या दोब्बर बढाउँछौं’


    काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को वर्ष पर्यटक आगमनको संख्या अहिलेको भन्दा दोब्बर हुने दाबी गरे। मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै उनले पर्यटक आगमन बढाउने योजना र तयारीमा लागेकाले अपत्यारिलो उपलब्धी हासिल हुने दाबी गरे।

    ‘यो वर्ष पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ, लगभग रेकर्डकै रूपमा।’ उनले भने ‘अहिले सुन्दा अपत्यारिलो लाग्ला तर क्षेत्रगत तयारी र योजनाबाट अर्को वर्ष हामी पर्यटकको संख्या झण्डै दोब्बर बनाउँछौं भन्‍ने मेरो विश्‍वास छ।’

    प्रचण्डले ग्रेटर लुम्बिनी प्रक्रिया अगाडी बढेको बताए। ‘ग्रेटर लुम्बिनी अन्तर्गत रामग्राम र कपिलवस्तुको गुरुयोजना अगाडि बढिरहेको छ। फरकफरक क्षेत्रका पर्यटकका लागि सरकारले फरकफरक रणनीतिमा काम गरिरहेको छ।’उनले भने।