२०८१ आश्विन २१ गते, सोमबार ११:०८
  • पत्रकार थापा सहित ५ जना जितगढी रत्नद्वारा सम्मानित


    बुटवल – अग्रज पत्रकार महेन्द्र थापा जितगढी रत्नबाट सम्मानित भएका छन्। पत्रकारीता र लेखन मार्फत जितगढीको प्रवद्र्धनको लागि योगदान गरेको भन्दै उक्त सम्मन गरिएको हो। लुम्बिनी वाङमय प्रतिष्ठानले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा पत्रकार थापा सहित ५ जनालाई जितगढी रत्नबाट सम्मान गरेको हो। जितगढी रत्न सम्मान पाउनेमा पत्रकार थापा सहित, झपेन्द्र जिसी, पदम कार्की, देवेन्द्र शाक्य, रविन्द्र गोपाल लाकोल रहेका छन्।

    ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जितगढीमा आयोजित कार्यक्रममा नेपाली सेनाका साहयक रथी ललीतबहादुर कुँवर र साहित्यकार सम्मान पत्र प्रदान गरेका थिए। कार्यक्रममा अग्रज पत्रकार मदनलाल पौडेल, बालकृष्ण चापागाइँ लगायतले आ-आफ्नो भनाइ राखेका थिए। विभिन्न श्रष्टाले कविता वाचन समेत गरेका थिए।