२०८१ आश्विन २१ गते, सोमबार ०९:०८
  • बन्दीपुर केबलकार पर्यटन एवं उद्यमशील पुरस्कारबाट तीन पत्रकार पुरस्कृत

    तनहुँ-केबलकार सहित बन्दीपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै ३ जना पत्रकार पुरस्कृत भएका छन्। बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट सेतोपाटी डटकमकी सविना कार्की, दमौली एक्सप्रेस साप्ताहिक तथा ईबाराही डट कमकी सहसम्पादक सुनिता आचार्य र नेपाल समाचारपत्रका पत्रकार दुर्गा शर्मा पुरस्कृत भएका हुन्।

    बन्दीपुर केवलकार प्रालिद्वारा स्थापित यो पुरस्कार शनिबार कम्पनीको तेस्रो साधारण सभाको अवसरमा प्रदान गरिएको गरिएको हो। गण्डकी प्रदेश सभा सदस्य एवम् पुर्व मन्त्री हरिबहादुर चुमान, कम्पनीका अध्यक्ष रामचन् शर्मा,राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ लगायतले पत्रकार कार्की, आचार्य र शर्मालाई सम्मान गरेका हुन्। उनीहरुलाई नगद रु ५० हजार प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो।

    बन्दीपुर र आँबुखैरेनी गाउँपालिका क्षेत्रको पर्यटन प्रवद्र्धन एवं उद्यमशीलतामा चालिएका गतिविधिलाई प्रचारप्रसार गरि सहयोग गरेवापत कम्पनीले पत्रकार सम्मान तथा पुरस्कृत योजना अगाडि बढाएको कम्पनीका अध्यक्ष रामचन् शर्माले जानकारी दिए।

    तनहुँको बन्दिपुरमा निर्माणधीन बृहत् पर्यटन पुर्वधारयुक्त परियोजनाले समाजमा उधमशिलता जागरणको लागि यस प्रकारको पुरस्कार मार्फत सोही विधामा कलम चलाउन पत्रकारहरुलाई कम्पनीले नियमित प्रोत्साहन गरीरहेको छ। ३ अर्व ५८ करोड लगानी रहेको यस परियोजना आगामि नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।