२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु आगमन हालसम्मकै बढि

    काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्। सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा ९।२ प्रतिशतले बढी हो। कूल यात्रु आवागमन ९आन्तरिक र अन्तर्राष्ट्रिय० पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ।

    कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए। विमानस्थलबाट एक वर्षको अवधिमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाईयात्रा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो।

    यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। उनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै हो। महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी भएको बताउँदै कूल यात्रु आगमन पनि बढेको जानकारी दिए। कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा नौ दशमलव दुई प्रतिशतले वृद्धि भएको उनको भनाइ छ।

    सन् २०२३ मा अन्तर्राष्ट्रिय उडान अवतरण ३१ हजार चार सय ६० ९गत वर्षको तुलनामा २९ दशमलव ४० प्रतिशतले० वृद्धि भएको छ। जुन कोभिडअघि सन् २०१८ को भन्दा १० दशमलव ७६ प्रतिशतले घटेको छ। उक्त अवधिमा कार्गो आवागमन २२ हजार नौ सय ४६ टन भएको छ। जुन गत वर्षको तुलनामा १३ दशमलव ९८ प्रतिशतले घटेको छ ।

    आन्तरिकतर्फ हवाईयात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार तीन सय २६ पुगेको छ । जुन गत वर्षको तुलनामा सात दशमलव ०७ प्रतिशत कम हो । उक्त अवधिमा आन्तरिकतर्फ ९६ हजार नौ सय ८९ उडान अवतरण भएका छन् । उडान पनि गत वर्षको तुलनामा १० दशमलव ८७ प्रतिशतले घटेको छ ।