२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • माघ १५ मा तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता हुने

    काठमाडौं- पहिलो सगरमाथा आरोहीको सम्झनामा तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता आयोजना हुने भएको छ। काठमाडौँको बौद्धमा माघ १५ गते सोमबार पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) हुन लागेको हो। बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा प्रतियोगिता हुने युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका पुर्व संस्थापक अध्यक्ष सेराप जाङबु शेर्पाले विहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

    प्रतियोगितामा सहभागी हुन् अध्यक्ष शेर्पाले सम्पूर्णलाई अनुरोध गरेका छन्। प्रतियोगिताले आरोहण क्षेत्रमा रुचि राख्नेहरुलाई अझ प्रोत्सान गर्ने उनको भनाइ छ । ‘हामीले अमेरिकामा पनि टप रोप इडिशनको आयोजना गर्दै आएकोले यस पटक आफनै देशमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनसँग मिलेर उक्त प्रतियोगिता तेन्जिङ नोर्गे शेर्पाको नाम दिएर गर्न लागेका हौं।’ उनले भने।

    युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका कोषाध्यक्ष लाक्पा नुरु शेर्पाले युएस नेपाल क्लाइमस एसोसिएसन, युएसएनसीए र नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले संयुक्त रूपमा आरोहणको खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएका बताए।

    कार्यक्रमले प्रतिस्पर्धा मात्र होइन, आरोहण संस्कृति, सौहाद्र्धता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका संयोजक तथा नेपाल नेसनल माउन्टेन गाइड एशोसियसनका महासचिव छिरिङ जाङबु शेर्पाको भनाइ छ । ‘यो प्रतियोगिता मात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पा प्रति श्रद्धाञ्जली पनि हो।’ उनले भने। पुरुष र महिलाहरुबीच छुट्टाछुट्दै प्रतियोगिता हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार र हेङ्गिङ ब्याच प्रदान गरिने छ ।