२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • पर्यटक प्रहरीले मनायो ४५ औं बार्षिकोत्सव

    काठमाडौँ – पर्यटक प्रहरीले आफ्नो ४५ औं बार्षिकोत्सव मनाएको छ। बार्षिकोत्सवको अवसरमा शुक्रवार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालयमा कार्यक्रम गरेको हो।

    कार्यक्रममा सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटक प्रहरी पर्यटकको साथी रहेको उल्लेख गरे। पर्यटकको नेपाल बसाइ सुखद बनाउन पर्यटक प्रहरीको भुमिका अहम रहने उनको भनाइ छ। पर्यटनको माध्यमबाट थुप्रै रोजगारी सिर्जना गर्न सकिने हुदा सबैले नेपाली स्वादको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने समेत किँरातीले बताए।

    प्रहरी महानिरीक्षक वसन्त बहादुर कुवरले प्रहरीले विभिन्न स्रोत साधनको अभावमा पनि उत्तिकै तादरुकताका साथ कार्य गरिरहेको उल्लेख गरे। होटल संघ नेपाल(हान)का अध्यक्ष बिनायक शाहले मुलुकमा पर्यटन फस्टाउनुमा सो देशको शान्ती सुरक्षाले ठुलो भुमिका खेल्ने बताए। पर्यटकको सुरक्षाका लागि नेपाल पर्यटन प्रहरीले उल्लेखनिय कार्य गरिरहेको प्रती उनले आभार ब्यक्त गरे।

    पर्यटक प्रहरी इकाइ प्रमुख डिएसपी नरेन्द्र कुवरले कार्यक्रममा उपस्थित अतिथिको स्वागत गर्दै पर्यटक प्रहरीको स्थापना र कामकारबाहीको बारेमा प्रकाश पारेका थिए।कार्यक्रममा पर्यटक प्रहरी अन्तर टेनिस प्रतियोगिताका बिजेतालाइ पुरस्कार बितरण गरिएको थियो भने पर्यटक प्रहरीलाइ विभिन्न समयमा सहयोग पुर्याउने संघ संस्थालाई सम्मान गरेको थियो।

    कार्यक्रममा पर्यटनसचिब डा। दिपक काफ्ले , पर्यटन बिभागका महानिर्देशक चक्र बहादुर बुढा,लगायतले शुभकामना मन्तब्य राखेका थिए। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेकका पाँचै प्रदेशमा पर्यटक प्रहरी एकाइ कार्यालय रहेका छन्। काठमाडौं उपत्यकामा १० र उपत्यका बाहिर १८ गरी कुल २८ पर्यटक प्रहरी एकाइ कार्यालय रहेका छन्।