२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • पूर्वमन्त्री पुनद्वारा लुम्बिनी भ्रमण, बुद्ध जन्मस्थललाई विश्वव्यापी बनाउन सुझाव

    लुम्बिनी-नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री बर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। नेताद्धयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले स्वागत गरे। उपाध्यक्ष लामाले कोषको उपाध्यक्षमा नियुक्त भएदेखि गरेका कामहरु र लुम्बिनीको विकासका निम्ति गरिएका पछिल्ला प्रयासहरु जानकारी गराएका थिए।

    पूर्वअर्थमन्त्री समेत रहेका पुन र प्रतिनिधिसभाका पूर्वसभामुख घर्तीले मायादेवी मन्दिर अशोक स्तम्भ, पुष्करणी पोखरीको भ्रमण गरेका थिए। भ्रमणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री पुनले लुम्बिनीबाट विश्वशान्ति र सहअस्त्वितको सन्देश फैलाउन सकिने बताए। उनले नयाँ उपाध्यक्षका रुपमा डा लामाको उपस्थितीले आशा जगाएको उल्लेख गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसको भ्रमणपछि लुम्बिनीको अन्तर्राष्ट्रिय रुपमा प्रचार भएको पुनको भनाइ छ।

    पुन सहितको टोलीले लुम्बिनीमा हालै दैनिक एक लाखसम्म दियो बाल्न मिल्ने दियो सेडमा समेत बत्ती बालेका थिए। त्यस्तै मोन्लम पुजामा समेत अवलोकन गरे। पुनसँगै पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र पुनको समेत सहभागिता रहेका थिए। उपाध्यक्ष डा लामासँगै योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य श्याम रोक्काले पूर्वमन्त्री पुन सहितको टोलीलाई लुम्बिनीमा स्वागत गरेका थिए ।