२०८१ आश्विन २१ गते, सोमबार ०९:११
  • रामग्राम जग्ग्गा लिजमा दिइएको छैन : उपाध्यक्ष लामा

    ‘स्तूपमा १२० विगाहाजग्गा नै छैन, लिजमा दिने सम्झौता कसरी हुन्छ’

    लुम्बिनी -गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता नै नभएको लुम्बिनी विकास कोषले स्पष्ट पारेको छ। कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले सोमबार विज्ञप्ती जारी गर्दै हुँदै नभएको जग्गा सम्झौता गरेको भनेर भ्रमपूर्ण समाचार आएको उल्लेख गरेका हुन्।

    १२० बिघा जग्गा ९९ वर्षका लागि निजी कम्पनीलाई लिजमा दिन लागिएको भन्ने समाचार आफैमा भ्रामक रहेको लामाले विज्ञप्तीमा उल्लेख गरेका छन्। ‘लुम्बिनी विकास कोष अन्तरगत रहेको नवलपरासी पश्चिम, रामाग्राममा १२० बिघा जग्गा छैन । जग्गा अधिकरण गर्ने विकास कोषलाई अधिकार छैन। सो जग्गा अधिकरण गर्न रकम पनि छैन’ विज्ञप्तीमा भनिएको छ–‘हुँदै नभएको जग्गा लिजमा दिने र सम्झौता ग¥यो भन्ने कुरामा कुनै सत्यता छैन। बुद्धको पवित्र अस्तु धातु रहेको ठाउँलाई प्रचार–प्रसार गर्नुको साटो त्यस क्षेत्रको विकासमा नकारात्मक प्रभाव पार्ने गरि यस्तो कपोकल्पीत दुष्प्रचार गर्नु खेदजनक छ।’

    वृहत्तर लुम्बिनीको विकासका लागि नेपालको संविधान, कानून र प्रचलित अभ्यास भित्र रहेर सम्बन्धित निकाय तथा संस्थाहरुको अनुमति लिएर मात्र हरेक काम सञ्चालन हुने समेत विज्ञप्तीमा स्पष्ट पारिएको छ। ‘कुनै पनि निर्णय पारदर्शी र राज्यका सबै निकायको अनुमति लिएर मात्र हुने कुरा म पुनः प्रष्ट पार्न चाहान्छु’ उपाध्यक्ष डा. लामाले विज्ञप्तीमा भनेका छन।

    नवलपरासी पश्चिम रामाग्राम स्तूपको उत्खनन् तथा बौद्ध स्तुप निर्माणका लागि विभिन्न अन्तर्राष्ट्रिय बौद्ध समुदायसँग लुम्बिनी विकास कोषले सहकार्यका लागि आह्वान गरिरहेका बेला बिना प्रतिस्पर्धा जग्गा लिजमा दिन लागिएको भनी नियोजित रुपमा भ्रम फैलाइएको लामाको भनाइ छ। वृहत्तर लुम्बिनीको विकासमा अवरोध गर्ने परम्परागत शक्ति र व्यक्तिहरुको चलखेल र उनीहरुको सुचनाका आधारमा समाचार प्रकाशन गर्नु दुःखद भएको उनले बताए।

    लुम्बिनीको विकासमा निजी स्वार्थ सबै त्यागेर तलब भत्ता समेत नलिई काम गरिरहेको व्यक्तिमाथि प्रतिशोधपूर्ण ढंगबाट आरोप लगाइएको लामाको भनाइ छ। ‘म कोषको उपाध्यक्ष नियुक्त भएर आउनु भन्दा केही महिना अघि नै संघीय सरकारका विभिन्न मन्त्रालयमा पत्राचार भएको विषयलाई म सँग जोडेर प्रचार गर्नुले पनि गलत नियत र प्रतिशोधी भावना झल्किन्छ। म आएपछि लिजमा दिने बारे कुनै प्रक्रिया अघि बढेको छैन ’ विज्ञप्तीमा उनले भनेका छन्।

    डा। लामाले लुम्बिनी विकास सँग सरोकार राख्ने, सरोकारवाहरुलाई समाचारमा भनिएजस्तो त्यस सम्बन्धी कुनै निर्देशिका बनाएर लिजमा दिने कुनै सम्झौता नभएको स्पष्ट पारे। उपाध्यक्षले लुम्बिनी विकास कोष रचनात्मक सहयोग, सल्लाह सुझाव र विकासमा नागरिकहरुसँग हातेमालो गर्न चाहेको उल्लेख गरे।

    प्रधानमन्त्रीलाई उपस्थित गराएर भगवान बुद्धको अस्थिधातु समाधि गरिएको ठाउँ विश्वभर बौद्ध समुदायलाई देखाएर लगानी भित्र्याउन खोजिएको कुरालाई विषयान्तर गर्न वृहत्तर लुम्बिनी विरोधी गिरोहले मिडियाबाजी गरेको उनको आरोप छ। अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्न खोज्दा विवाद सिर्जना गर्ने र सयौं वर्षसम्म वृहत्तर लुम्बिनीको विकास हुन नदिने योजनाबद्ध षड्यन्त्र भइरहेको र त्यसैको स्वरुप समाचार आएको विज्ञप्तीमा भनिएको छ । बुद्धमार्ग र अभ्यास मेरो जीवनको पद्धति भएको बताउँदै बुद्धको पवित्र जन्मस्थलको विकास, संरक्षण तथा यसको अन्तर्राष्ट्रियकरण गर्नु आफ्नो एक मात्र दायित्व र एक मात्र मन्त्र रहेको लामाले स्पष्ट पारेका छन्।