२०८१ आश्विन २१ गते, सोमबार १३:१५
  • श्री एयरलाइन्सद्वारा नेपालगञ्ज-मानसरोवर उडान सुरु

    बाँके – श्री एयरलाइन्सले नेपालगञ्जबाट कैलाश मानसरोवरमा उडान सुरु गरेको छ। एयरलाइन्सको नाइनएन एमबी’ विमानले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि उडान सुरु गरेको हो।

    यरलाइन्सले सोमबार प्रेस नोट नारी गर्दै नेपाली भू-भागबाट कैलाश पर्वत तथा मानसरोवर उडान गरेको यो नै पहिलो रहेको जनाएको छ। श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्जको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको हो। क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको हो।

    नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशी लगायत धार्मिक पर्यटकहरू आकर्षित गर्न सकिने एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताए। नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौंमा ल्याइ पशुपतिनाथ दर्शन गराउने योजना रहेको उनको भनाइ छ।