२०८३ जेष्ठ २६ गते, मंगलवार ०५:०३
  • कपिलबस्तुदेखि रसुवाको केरुङसम्म जोड्ने नयाँ ‘ट्रेकिङ रुट’ सार्वजनिक

    काठमाडौं – कपिलबस्तुको खुनुवा नाकादेखि रसुवाको केरुङ नाकासम्म जोड्ने नयाँ पदमार्गको खोजी गरिएको छ। ‘नेपाल बोर्डर टु बोर्डर थ्रु हाइक’ नामकरण गरिएको नयाँ पदमार्ग भारतको सिमानादेखी चिनको सिमाना जोड्ने गरि समेटिएको छ।

    पर्यटन व्यवसायी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रा।लि का अध्यक्ष राजन सिम्खडाले छिमेकी भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाका जोड्ने गरी नयाँ ट्रेकिङ रुट सार्वजनिक गरेका छन। आफ्नो ट्रेकिङ कम्पनी अर्थबाउन्ड एक्सपिडिसन प्रालि स्थापना भएको २५औं वर्षका अवसरमा पर्यटन व्यवसायी सिम्खडाको समूहले यो ट्रेकिङ रुट खोजी गरेको हो ।

    टोलीमा ६ देखि ८ पटकसम्म नेपाल भ्रमण गरेका अमेरिकी हाइकर माइक ओवेस्टर, स्वदेशी बाइकर्स चेतन राई र काजी शेर्पा सहभागीता रहेको थियो। टोलीले कपिलवस्तु तौलिहवास्थित भारत सीमानाका खुनुवादेखि भगवान बुद्ध हिँडेको बाटो, रामापिथेकस पार्क, पाल्पा तानसेन, आर्यभञ्ज्याङ, केलादीघाट, घिरिङ, सिसिङ हुँदै तनहुँ बन्दीपुर, त्यसपछि गोरखा, धादिङ, नुवाकोट र रसुवा हुँदै चीनको केरुङ नाकासम्म जोड्ने कुल ४ सय ४० किलोमिटर लामो ट्रेकिङ रुट १७ दिन लगाएर पूरा गरेको हो।

    यो नयाँ ट्रेकिङ रुट १२ महिना नै सञ्चालन गर्न सकिने सिंखडाले जानकारी दिए। प्राकृतिक मनोरम दृश्यले धेरै मनोरञ्जन दिलाएर पर्यटक खुसी बनाउन सकिने अथाह सम्भावना भएको यस ट्रेकिङ रुटमा कम खर्चमा भ्रमण गराउन विभिन्न गाउँमा भएका होमस्टे र स–साना होटल तथा क्याम्प प्रयोग गर्न सकिने उनको भनाइ छ।