२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • एनआरएनएको ४ पालिकासँग प्रतिबद्धता: बुद्ध परिपथको पर्यटन प्रवर्द्धनमा लगानी गर्न तयार छौं


    लुम्बिनी-गैर आवसिय नेपाली संघ एनआरएनएले लुम्बिनी र बुद्ध परिपथको पर्यटकीय विकासमा लगानी गर्न तयार भएको बताएको छ। सोमबार गैरआवसिय नेपाली संघ र बुद्धपरिपथ अन्तर्गत पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका, कपिलबस्तु नगरपालिका, देवदह नगरपालिका, रामग्राम नगरपालिका र होटल संघ लुम्बिनीबीच अन्तरक्रिया एवं समन्वय बैठक भएको थियो।

    बैठकले विश्व बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध परिपथको अन्तराष्ट्रीय स्तरमा प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र विकासका लागी गैर आवसिय नेपाली संघ र पालिकाहरुबीच संस्थागत सम्बन्ध कायम गर्न सहकार्य पत्रमा हस्ताक्षर गर्ने निर्णय भएको छ। त्यसै गरि गैरआवासीय नेपाली संघका सदस्यहरुलाई बुद्धस्थलको अन्तराष्ट्रिय स्तरमा प्रचार प्रचार प्रसारका विभिन्न कार्यक्रम गर्न नेपाल आएको बेला लुम्बिनी सहित बुद्ध परिपथ क्षेत्रको भ्रमण गर्न पनि आग्रह गरिएको छ।

    कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. बद्री केशीले लुम्बिनीको पर्यटन क्षेत्रमा देखिएका संकट समाधान गर्न आफूहरु तयार रहेको बताए। केशीले बुद्ध परिपथको पर्यटकीय विकासको लागि लगानी गर्न आफूहरु तयार रहेको समेत जानकारी दिए। ‘यहाँ अन्तराष्ट्रिय एयरपोर्ट बनिसकेको छ। तर चलेको छैन भन्ने हामीलाई थाह छ। बाटा घाटा बनिसकेका छैनन्। यी सबै कुराहरु सरकारले गर्नुपर्ने कर्तव्य हो।’ उनले भने ‘सरकारले गर्नुपर्ने पर्यटकीय प्रवद्र्धन र विकासका कतिपय कामको जिम्मेवारी गैरआवसीय नेपाली संघलाई दिनुहुन्छ भने हामीले थप लगानी गर्न तयार छौ।’

    सो अवसरमा लुम्बिनी र बुद्ध परिपथको अन्तराष्ट्रीय स्तरमा प्रचारप्रसार, पर्यटन एवम् विश्व शान्तिका लागी बुद्धको मार्गदर्शन र शान्ति सन्देश विश्वभर फैलाउन अन्तराष्ट्रीय स्तरमा समन्वय एवम् सहजिकरणका लागी गैर आवसिय नेपाली संघका उपमहासचिव उपमहासचिव सोम सापकोटा ज्युलाई अन्तराष्ट्रीय समन्वयकर्तामा मनोनयन गरी पत्र हस्तान्तरण गरिएको थियो ।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाका अध्यक्ष सजरुद्धिन मुसलमानले लुम्बिनीको पर्यटकीय विकासमा गैर आवसिय नेपाली संघको भूमिका महत्वपूर्ण हुने धारणा राखे। कार्यक्रममा कपिबलस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेललले लुम्बिनीको विकाससँगै अन्य बुद्धस्थलहरुको पनि विकास हुनुपर्ने उल्लेख गरे। होटल संघ लुम्बिनीका अध्यक्ष गोबिन्द ज्ञवालीले लुम्बिनीको पर्यटकीय विकासको लागि एनआरएनए मार्फत हुने प्रचार प्रसारले ठूलो काम गर्ने बताए।

    कार्यक्रममा गैर आवासीय नेपाली संघका अन्तराष्ट्रिय समन्वय परिषदका केन्द्रीय सल्लाहाकार, उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोम सापकोटा, सचिव टिका गुरुङ, युरोपका पुर्व सयोजक सन्तोष भटराई, अमेरिका शाखाका सस्थापक आर्यन बास्तोला। प्रतिक्षा केसी, लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर उपप्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवाली, लुम्बिनी होटल सघका उपाध्यक्ष शेखर कार्की, सदस्य एकराज कण्डेल, लुम्बिनी सास्कृतिक नगरपालिकाका लेखा अधिकृत रामचन्द्र अर्यालज्यु, समन्वय शाखा प्रमुख तुलसीराम लामिछाने, प्रशासन शाखा पमुख शोभखर पौडेल, शाखा प्रमुख पुष्पा पोख्रेल, फणिन्द्र पाल समाजसेवी शिवानन्दन हरिजनज्यु, लुम्बिनी बिकास मन्चका उपाध्यक्ष राहुल गौतम लगायतको सहभागीता थियो।