२०८१ आश्विन २१ गते, सोमबार ०७:११
  • लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट


    बुटवल– प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेलाई लक्षित गरि लुम्बिनी केबलकारले टिकट दरमा छुट दिएको छ। लुम्बिनी केबलकार प्रा.लि. ले कम्पनीले माघ २४ गतेदेखि फागुन २ गतेसम्म केबलकारको दुई तर्फी यात्राको टिकट दर पांच सय रुपैयां मात्र कायम गर्ने घोषणा गरेको हो।

    केबलकारका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैंजूले प्रणय दिवसलाई लक्षित गरेर भ्यालेन्टाइन अफर ल्याइएको बताए। नेपालीसंगै भारतीय नागरिकलाई पनि टिकट दरमा ५० प्रतिशत छुट गरिएको उनले जानकारी दिए। कम्पनीले यसअघि ल्याएको ‘मर्निङ अफर’ र दशैं तिहार लक्षित चाडपर्व अफरले आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गरेको हुंदा भ्यालेन्टाइन अफरले विशेष गरी युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको विश्वास रहेको सैंजूले बताए।

    केबलकारको टिकट दर रु एक हजार कायम गरिएपनि सञ्चालनमा आएसंगै नेपालीका लागि ७५० रुपैयां कायम छ। बुटवलको गोलपार्क बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो। आठ महिनामा करिब दुई लाख पर्यटक केबलकारको यात्रा गरी पाल्पाको बसन्तपुर पुगेका कम्पनीले जनाएको छ।