२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ औं वर्षमा

    बुटवल– देशका विभिन्न ठाउँमा स्तरिय होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ। २६ बर्ष अगाडि टिकापुरबाट सुरु भएको यस ग्रुपले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको छ। वार्षिकोत्सव समारोहमा विभिन्न विधामा उत्कृष्ट आउटलेट र कर्मचारीहरूलाई अवार्ड समेत वितरण गरिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० कृष्ण न्यौपानेले जानकारी दिए।

    वार्षिकोत्सवको अवसरमा हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले हाल देशमा देखिएको राजनैतिक र सामाजिक अस्थिरताको कारण विगतदेखि आर्थिक मन्दीको असर पर्दा पनि सिद्धार्थ ग्रुप अन्तर्गतका कम्पनीले मुनाफा आर्जन गर्नु निकै उपलब्धीमुलक रहेको बताए। सिद्धार्थ हस्पिटालिटीले वार्षिकोत्सवलाई लक्षित गरी एक हप्ता सम्म विभिन्न आउटलेटमा खाना तथा बसाइमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा समेत गरेको छ।

    यसै वर्ष सिद्धार्थ हस्पिटालिटीको भैरहवामा पाँच तारे होटल र चितवनको सौराहमा लग्जरी रिसोर्ट सञ्चालनमा आएको छ। गत वर्ष नै नेपालगञ्ज स्थिप्रतिष्ठितत होटलले पर्यटन क्षेत्रको साटा अवार्ड पाएको छ भने पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्ट र सुर्खेत स्थित सिद्धार्थ रिसोर्टले नेपाल सरकारबाट खाद्य गुणस्तरमा ञअतिउत्तमझ वर्गीकरण प्राप्त गर्न सफल भएका छन् । गत बर्ष नै सुर्खेतको रिसोर्टले ३७ कोठा, वेलनेस सेन्टर ९स्विमिङ पुल, हेल्थ क्लब, स्पा० र रेस्टुरेन्ट थप गरि चार तारे स्तरमा स्तरउन्नति गरेको छ।