२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • देवदह र रामग्रामका मेयरसँग एनआरएनएका उपमहासचिवले भने: ‘बुद्ध परिपथको प्रवर्द्धनमा सहयोग गर्छौं’


    बुटवल– गैर आवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रिय समन्वय परिषद, देवदह नगरपालिका र रामग्राम नगरपालिकाबीच छलफल भएको छ। परिषदका उपमहासचिव एवं पर्यटन प्रवर्द्धन समितिका संयोजक सोम सापकोटा, देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेल र रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवबीच बुद्ध परिपथको पर्यटकीय प्रवर्द्धनबारे कुराकानी भएको हो।

    सो अवसरमा दुई नगरपालिकाका प्रमुखहरुले विभिन्न देशसँग भगिनी सम्बन्धका लागि सहकार्य गर्न एनआएनएका उपमहासचिव सापकोटासँग आग्रह गरेका थिए। सापकोटाले त्यो अभियानलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

    भेटमा परिषद भएका देशहरुमा भएका बौद्धिक अर्गनाइजेसनसँग सिधै जोडेर लुम्बिनी र लुम्बिनी सर्किटका नगरपालिकाबीचमा छलफल गराउने बारेमा छलफल भएको थियो। उनीहरुको लुम्बिनी भ्रमण गर्नको लागि प्ररित गर्ने, विभिन्न डिजिटल माध्यमबाट लुम्बिनी परिसर, र बुद्ध सर्किटको प्रचारप्रसारमा सहकार्य गर्ने लगायतका छलफल भएको एनआरएनएका उपमहाचिव सापकोटाले जानकारी दिए। पर्यटन प्रवद्र्धनका साथै बुद्ध, विज्ञान र बेदलाई विश्व बजारमा कसरी लैजान सकिन्छ भन्ने बारेमा पनि छलफल भएको उनले बताए।

    सो अवसरमा लुम्बिनी सास्कृतिक नगरपालिकाका लेखा अधिकृत रामचन्द्र अर्याल, समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेको सहभागीता थियो।