२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • मिलन देवकोटालाई पर्यटन बोर्डको सदस्य सचिवको जिम्मेवारी

    काठमाडौँ-नेपाल पर्यटन बोर्डको सदस्य सचिवमा मिलन देवकोटालाई तोकिएको छ। बोर्डको कार्यकारी समितिकी सदस्य समेत रहेकी देवकोटालाई सदस्य सचिवको जिम्मेवारी दिइएको हो। हालै बसको पर्यटन बोर्डको कार्यकारी समितिको बैठकले बोर्डको ऐन २०५३ को दफा ९ को उपदफा ९४० सदस्य सचिवको जिम्मेवारी दिइएको बोर्डका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव डा दिनेस काफ्लेले जानकारी दिए।

    पर्यटन बोर्डमा कार्यकारी प्रमुख रिक्त पद हाल रिक्त छ। ऐनको उक्त दफा अनुसार कार्यकारी प्रमुखको नियुक्ति नभएसम्म ९बढीमा तीन महिना० का देवकोटालाई कार्यकारी समितिको सदस्य(सचिव भइ कामकाज तोक्ने निर्णय भएको हो। देवकोटा २०७८ चैतमा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको कार्यकारी सदस्यमा नियुक्त भएकी थिइन्।