२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • खुम्बु ल्होसार कप फुटबल माघ २९ देखि हुने

    काठमाडौं – १४औं संस्करणको ‘खुम्बु ल्होसार कप’ सोमबारबाट सुरु हुँदै छ। प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। विगत १३ बर्षदेखि निरन्तर रुपमा प्रतियोगिता हुँदै आएको आयोजक समितिको संयोजक मिङमा शेर्पाले जानकारी दिए। सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाबीच हुने प्रतिस्प्रर्धा हुन लागेको हो। शेर्पा समुदायका युवाहरुलाई खेलकुदप्रति लगाव बढाउने, प्रतिभा प्रदर्शन गर्ने र समुदायलाई जोड्ने उद्दश्यले प्रतियोगिता आयोजना गरिएको शेर्पाको भनाई छ।

    प्रतियोगिताका बिजेताले खुम्बु ल्होसार कपको रनिङ सिल्ड, मेडल, प्रमाण–पत्रसहित नगद एक लाख रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै उपविजेताले ५० हजार र तेस्रो स्थानका लागि २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले बताएका छन्।
    जम्मा १६ ओटा खेलहरु हुने सो प्रतियोगिताको प्रत्येक खेलको उत्कृष्ट खेलाडी अर्थात म्यान अफ द म्याचले नगद ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई क्रमशः उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर र नव उदायमान खेलाडी आदि विधाहरुमा नगद पुरस्कारको साथ प्रमाण–पत्र र ट्रफी प्रदान गरिने छ। प्रतियोगिता भरि उत्कृस्ट प्रदर्शन गर्ने एक जना खेलाडीलाई पनि नगद पुरस्कारको साथ ट्रफी र मेडल प्रदान गर्नेछ।

    लिग कम नकआउट आधारमा प्रतियोगितामा दैनिक २ ओटा खेल हुने आयोजकले बताएका छन्। प्रतियोगिताको समापन समारोह फागुन ७ गते सानो गौचरन फुटवल मैदानमा हुनेछ।