२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • रामग्रामको जग्गा प्रमिस्ड ल्यान्डलाई लिजमा दिने सम्झौता खारेज

    लुम्बिनी -लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रको जग्गा द प्रमिस्ड ल्यान्डलाई लिजमा दिने सम्झौता खारेज गरेको छ । गौतम बुद्धको अस्थिधातु रहेको रामग्राम स्तुपको विकास र संरक्षणका लागि प्रमिस्ड ल्यान्डलाई दिने सम्झौता भएको थियो। प्रमिस्ट ल्याण्ड प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीका छोराको कम्पनी हो।

    सम्झौताको बारेमा तिब्र आलोचना भएपछि प्रतिनिधि सभाको लेखा समितिले सम्झौता खारेज गर्न निर्देशिन दिएको थियो । लेखा समितिले खारेज गर्न निर्देशन दिएसँगै लुम्बिनी विकास कोषको कार्यकारिणी बैठकले रामग्राम भाडामा दिने निर्णय खारेज गरेको हो। कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षता मंगलबार बैठक बसेको थियो।