२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • नेपालमा पहिलो पटक ‘टुरिजम हिरो अवार्डस्’ आयोजना हुने

    काठमाडौँ -नेपालमा पहिलो पटक टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ। मुलुकको पर्यटन प्रवर्द्धन योगदान पुयाउने व्यक्ति तथा संस्थाहरु मध्येबाट ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेटुरिजम हिरो अवार्डस २०२४ आयोजना गर्न लागेको हो।
    अवार्डका लागि होटल तर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरि कुल ३१ विधामा पाँचसय भन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। अवार्डको नोमिनेसन मंगलबारबाट खुल्ला गरिएको छ।

    टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेभसाइट टुरिजम हिरो डट ओआरजीमा गएर जोकोहीले आफैंले आफ्नो लागि वा अरुको लागि समेत विस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सक्नेछन्। प्राप्त नोमिनेसनहरु मध्येबाट पूर्ण र आधिकारिक विवरणहरू भरिएका नोमिनेसनहरुलाई सर्टलिस्ट गरि भोटिङका लागि योग्य बनाइने आयोजकले बताएका छन्।

    भोटिङका लागि आवश्यक लिङ्क नोमिनेसन भर्ने आधिकारीक व्यक्ति तथा सर्वसाधारणलाई उपलब्ध गराई बढी भन्दा बढी भोटिङ्‌का लागि आह्वान गरिनेछ। प्राप्त पब्लिक भोटलाई आधार मान्दै जुरिहरुको अन्तिम निर्णयका आधारमा आगामी मार्च १९ गते विजेता घोषणा गरि टुरिजम हिरो अवार्ड ट्रफि समेत हस्तान्तरण गरिनेछ। यो सम्पूर्ण प्रकृया वेभमा आधारित र निःशुल्क हुने अवार्डको तर्फबाट कार्यक्रम संयोजक प्रमिला गौतमले बताइन्। अवार्डको भोटिङ्लाई पारदर्शी राख्न तथ्याङ्क पब्लिक डोमेनमा उपलब्ध गराईने भन्दै उनले विवाद रहित अवार्डको परिकल्पना गरिएको उल्लेख गरिन्।

    जुरीमा लामो समयदेखी पर्यटन ब्यवसायमा आबद्ध राजन सिंखडा र जाङ्बु शेर्पा रहेका छन। टुरिजम हिरो अवार्ड २०२४ को आयोजक ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले यो अवार्ड विशुद्ध पर्यटन प्रबर्धनमा योगदान पुऱ्याउने ब्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उदेश्यले आयोजना गरिएको भन्दै यसमा आयोजकले विवादमा आउने कुनै पनि कार्य नगर्ने नगराउने प्रतिबद्धता जनाए ।

    अवार्डमा समावेश क्याटगोरीहरु

    १. बेस्ट ट्राभल एजेन्सि अफ द इअर
    २. बेस्ट ट्राभल एजेन्सि अफ द इअर होलिडे
    ३. बेस्ट ट्राभल एजेन्सि अफ द इअर इनबाउण्ड
    ४. बेस्ट टेक्नोलोजी फर ट्राभल एण्ड टुरिजम
    ५. सिईओ अफ द इअर – हस्पिटालिटी
    ६. सिईओ अफ दि इअर – ट्राभल
    ७. बेस्ट टुरिजम स्टार्टअफ अफ द इअर
    ८. टुरिजम पर्सनालिटी अफ द इअर जर्नालिस्ट
    ९. टुरिजम पर्सनालिटी अफ द इअर अन्टरप्रेन्युअर
    १०. टुरिजम पर्सनालिटी अफ द इअर एनआरएन
    ११. टुरिजम पर्सनालिटी अफ द इअर वुमन अन्टरप्रेन्युअर
    १२. टुरिजम पर्सनालिटी अफ द इअर ब्राण्डिङ्ग एण्ड मार्केटिङ्ग
    १३. मस्ट आईकोनिक इन्फ्रास्ट्रक्चर
    १४. म्युनिसिपालिटी अफ द इअर
    १५. रुलर म्युनिसिपालिटी अफ द इअर
    १६. मेयर अफ द इअर
    १७. टुरिजम हिरो २०२४

    होटल तर्फ

    १. बेस्ट होटल अफ द इअर फाईभ स्टार
    २. बेस्ट होटल अफ द इअर फोर स्टार
    ३. बेस्ट होटल अफ द इअर थ्रि स्टार
    ४. बेस्ट रिसोर्ट अफ द इअर
    ५. बेस्ट बुटिक होटल अफ द इअर
    ६. बेस्ट होटल – टुरिस्ट स्टाण्डर्ड नन् स्टार
    ७. बेस्ट चेन होटल अफ द इअर नेशनल
    ८. बेस्ट होटल अफ द इअर डिजाईन एण्ड इन्फ्रास्ट्रक्चर
    ९. बेस्ट होटल अफ द इअर इको फ्रेण्डली
    १०. बेस्ट रेष्टुराँ अफ द इअर
    ११. बेस्ट चेन रेस्टुराँ अफ द इअर – नेशनल
    १२. बेस्ट सेफ अफ द इअर – नेपाली
    १३. बेस्ट सेफ अफ द इअर इन्टरनेशनल
    १४. बेस्ट क्यासिनो अफ द इअर