२०८१ आश्विन २१ गते, सोमबार ११:०८
  • लुम्बिनी विकास कोषकी नवनियुक्त योजना प्रमुख भट्टले सम्हालीन कार्यभार

    लुम्बिनी-लुम्बिनी विकास कोषका नवनियुक्त योजना प्रमुख स्मिता भट्टले कार्यभार सम्हालेकी छन्। सोमबार कोषको कार्यालयमा पुगि उनले जिम्मेवारी सम्हालेकी हुन्। भट्टलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण०ले खादा लगाएर स्वागत गरे ।

    सो अवसरमा कोषाध्यक्ष भट्टराईले नयाँ युवाहरूले दत्तचित्त भएर काम गर्ने हो भने पुरानाले भन्दा धेरै काम गर्न सक्ने बताए । नवयुक्त योजना प्रमुख भट्टसंग ठुलो अपेक्षा रहेको उल्लेख गर्दै लुम्बिनीको विकास गर्न टिमवर्क आवश्यक रहेको उनको भनाइ छ। कोषका सदस्य सचिव सानुराजा शाक्यले नया योजना प्रमुखलाई स्वागत गर्दै टिमवर्कमा काम गर्ने बताए। नवनियुक्त योजना प्रमुख भट्टले बुद्ध जन्मस्थल लुम्बिनीको सेवा गर्ने अवसर प्राप्त भएकाले इमान्दारीतापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरिन। साथै कोषमा कार्यरत कर्मचारीहरूले सहकार्य र सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

    कार्यक्रममा निवर्तमान योजना प्रमुख एव बरिष्ठ ईञ्जिनियर सरोज भट्टराईले पुराना कुरा विर्सेर आगामी योजना निर्माण गर्नु पर्ने बताए। उनले नवनियुक्त योजनाप्रमुख सहकार्य र सहयोग गर्न तयार रहेको उल्लेख गरे। प्राविधिक फाँटको प्रमुखमा पुरूषहरू मात्रै हावी भइरहेको सन्दर्भमा महिला पमुख हन सुखद भएको उनको भनाई थियो । कार्यक्रममा कोषका कार्यकारी सदस्य श्याम रोक्का, विश्वराज पौडेल र कर्मचारीहरूको सहभागिता रहेको थियो।