२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको प्राधिकरणको निष्कर्ष

    काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ। धरानमा विमानस्थल बनाउँदा हवाइ नीति विपरित हुने बताएको छ। तराइ तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने व्यवस्था छ । तर धरानमा विमानस्थल बनाउँदा त्यो व्यवस्था विपरित हुने प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

    त्यस्तै आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले समेत त्यहाँ विमानस्थल सम्भव नरहेको प्राधिकरणले जनाएको छ । प्राविधिक र सञ्चालनमा आउने कठिनाइले पनि धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्ष रहेको प्राधिकरणले जनाएको छ।

    धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको सहितका विभिन्न प्राविधिक र सञ्चालनमा आउने कठिनाइले धरानमा विमानस्थल आवश्यक नरहेको प्राधिकरण निष्कर्षमा पुगेको छ ।