२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • भारतीय पर्यटकले नेपालमा अब फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने

    काठमाडौँ -भारतीय पर्यटकले नेपालमा अब फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन्। बुधबारदेखी यो सुविधा प्रारम्भ भएको छ। यस अघि नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको यसबारे समझदारी भएको थियो।

    समझदारी अनुसार भारतमा भिम यूपीआई र फोनपे भुक्तानी सेवाप्रदायक प्लेटफर्म प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्।

    यो सेवा लिन भारतीय प्रयोगकर्ताले फोनपे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स एक्टिभेट गर्नुपर्छ। यसपछि उनीहरूले नेपाल आउँदा फोन पे क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। भुक्तानी गर्दा लाग्ने सेवा शुल्क भने वालेट तथा वित्तीय संस्था आफैंले निर्धारण गर्नेछन्।

    फोनपेका अनुसार अन्तरदेशीय भुक्तानी (अन्तरदेशीय) का लागि हालसम्म ईसेवा, खल्ती वालेटसहित आधा दर्जन बढी बैंक आबद्ध भइसकेका छन्। यी वित्तीय संस्थाले मर्चेन्टका लागि वितरण गर्ने फोनपे क्यूआर कोडमा भारतीय सेवाग्राहीबाट भुक्तानी पाउन सक्नेछन्।

    भारतीय ग्राहकले नेपालमा भुक्तानी गर्न पाउने सुविधा सुरु भएपनि नेपाली सेवाग्राहीले भने तत्काल भारतमा भुक्तानी गर्न पाउने छैनन्। यसका लागि फोनपेले नेपाल राष्ट्र बैंकको स्वीकृति पर्खिरहेको छ।