२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • लुम्बिनीमा एक हप्ते नेचर गाइड तालिम सुरु

    लुम्बिनी-एक हप्ते नेचर गाइड तालिम भैरहवामा सुरु भएको छ। लुम्बिनी प्रदेश सरकार पर्यटन विकास परिषदको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको प्राविधिक सहयोगमा कार्यक्रम तालिम सुरु भएको हो। बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तालिममा २६ जना सहभागी छन्।

    तालिमको उद्घाटन कार्यक्रममा पर्यटन विकास परिषदका सदस्य लिलामणी शर्माले बुद्ध जन्मस्थल लुम्बिनी र आसपास प्रकृतिको अवलोकनको सम्भावना बोकेको ठाउँ भएको बताए। लुम्बिनीसँगै नजिकका दानापुर, गैडहवा र जगदिसपुर ताल जस्ता सिमसार क्षेत्र प्रकृती तथा चरा अवलोकनको लागि उपयुक्त ठाउँ भएको उनको भनाइ छ।

    तलिममा राष्ट्रिय प्रकृति संरक्षण कोषका उमेश पौडेल, नेचर गाइड रामबहादुर शाहीले प्रशिक्षक दिनेछन्। तालिमका लागि ८० जनाको आवेदन परेकोमा उमेरको हदबन्दी, शैक्षिक योग्यता र अनुभवलाई आधार मानेर २६ जना छनोट गरिएको पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले जानकारी दिए।