२०८१ आश्विन २१ गते, सोमबार ०७:०५
  • पर्यटनमन्त्री तामाङलाई प्रश्न: अब भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने आशा गर्न सकिन्छ?

    बुटवल-संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि आँफूले निरन्तर पहल गर्ने बताएका छन्। बुद्ध परिपथसँग कुरा गर्दै मन्त्री तामाङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल के कारणले प्रयोगमा आएको छैन भन्ने बारे केही दिन अध्ययन गर्ने उल्लेख गरे। उनले अध्ययन पछि मात्र अन्तर्राष्ट्रिय उडानको बारेमा थप जवाफ दिने बताए। बुद्ध जन्मस्थल लुम्बिनी अन्तराष्ट्रिय साँस्कृतिक सम्पदा भएका यसलाई गौरबको रुपमा लिनुपर्ने तामाङको भनाइ छ।

    प्रस्तुत छ मन्त्री तामाङसँग गरिएको कुराकानीको अंस

    नयाँ मन्त्रीज्यू आएपछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट नियमित उडान हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ मन्त्रीज्युको योजना के छ ?
    अब विमानस्थल बनको छ। एक थरी मान्छेहरुले आवश्यकता थिएन भन्छन्। अर्कोथरी मान्छेहरुको आवश्यकता ठानेर बनाएको भन्ने कुरा छ। यो हाम्रो सम्पत्ती हो, के कारणले त्यती प्रयोगमा आइरहेको छैन। कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा केही दिन मलाई अध्ययन गर्ने मौका दिनुहोस्। त्यसपछि मात्र यसको बारेमा मैले राम्रोसँग जवाफ दिन सकिन्छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थल सञ्चालन गर्न म सकारात्मक छु र पहल गर्छु।

    तपाईको कार्यकालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान होला भन्ने आशा गर्न सकिन्छ ?
    म त्यसको लागि पहल गर्छु।

    बुद्ध जन्मस्थल लुम्बिनीको विकास र यसलाई थप अन्तर्राष्ट्रियकरण गर्न मन्त्रीज्युको भूमिका के हुन्छ । लुम्बिनीसँगै रामग्राम, देवदह, तिलौराकोट लगायत अन्य बुद्ध स्थल पनि छन्। यीनीहरुको प्रवद्र्धनको लागि योजनाहरु के छ ?
    यो पनि केही चर्चामा आइरहेको छ। लुम्बिनी अन्तर्राष्टिय सांस्कृतीक सम्पदा हो। यसलाई हलुका फूलका रुपमा लिन हुँदैन। यसको बारेमा पनि म चाँही राम्रोसँग अध्ययन गरेर छलफल गर्छु। हाम्रो ऐतिहासिक, सांस्कृतिक सम्पदालाई अब संरक्षण, सम्वद्र्धन गर्ने र यसको माध्यमबाट मुलुकको गौरबको रुपमा अघि बढाउनुपर्छ। आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा पर्यटन विकासको कामलाई अगाडि बढाउने भन्ने अब सोँच्नुपर्छ।