२०८१ आश्विन २१ गते, सोमबार ०७:०८
  • पाल्पाको लागि केही दिन छुट्याएर यी ठाउँ घुम्नुहोस्

    राजीवकुमार शाह

    पाल्पाको तानसेन पर्यटकीय गन्तव्यको रुपमा नेपालमा परिचित ठाउँ हो। यहाँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक धरोहरहरु धेरै छन्। बजार क्षेत्रमा यहाँ थुप्रै सम्पदाहरु छन्। पाल्पा दरबार, रणउजेश्वरी भगवती मन्दिर, अमरनारायण मन्दिर, पुराना मौलिक नेवारी सैलीका घर र बस्तीहरु तानसेनका आकर्षक हुन्।

    तानसेन बजारबाट केही पर रानीमहल रहेको छ। रानीमहललाई देशकै एउटा मात्र प्रेमको प्रतिकको गन्तव्यको रुपमा मानिन्छ।पाल्पा आउँदा प्राय पर्यटकहरुले रानीमहल छुटाउँदैनन्। भैरबस्थान मन्दिर र रिडी लगायतका प्रशिद्ध धार्मीक स्थल पनि तानसेनको सेरोफेरोमै छन्। आधा दिनदेखी चार-पाँचदिन सम्म छुट्याएर पाल्पा घुम्न सकिन्छ।

    घुम्न चार दिन छुट्याएको अवस्थामा यसरी भ्रमण गर्न सकिन्छ।

    पहिलो दिन
    तानसेन बजार आँफैमा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। यहाँ घुम्न सक्ने ठाउँहरु थुप्रै छन्। रणउजेश्वरी भगवती मन्दिर, निसान भगवती, अमरनारायण मन्दिर, गणेश मन्दिर लगायतका धार्मिक स्थल रहेका छन्। त्यसै गरि पाल्पा दरबार संग्रालय, पुराना बस्तीहरु रहेका छन। यहाँका ढाका, करुवा उद्योगहरु पहिलो दिन अवलोकन गर्न सकिन्छ।

    दोस्रो दिन
    विहान सुर्योदय हेर्नको लागि बग्नासकाली जान सकिन्छ। बग्नासकालि गाउँपालिकामै तीनछाँगा रहेको छ। त्यहाँ एकै ठाउँमा तीनवटा झरनाको अवलोकन गर्न पाइन्छ। फर्केर श्रीनगर डाँडामा आइन्छ। त्यहाँ हिमश्रींखला सहित विभिन्न दृष्यावलोकन गर्न सकिन्छ। श्रीनगरमा २ घण्टा आनन्द लिन सकिन्छ। त्यसपछि रानीमहल जान सकिन्छ।

    तेस्रो दिन
    रिब्दीकोट गाउँपालिकामा रहेको भैरबस्थान मन्दिर दर्शन गर्न सकिन्छ। त्यहाँबाट रिडीको ऋषिकेश मन्दिर गइन्छ। रिडीमा तिनमुखे झोलुंगे पुल पनि आकर्षण बनेको छ। पारी गुल्मीकाका पनि धार्मीकस्थलहरुको भ्रमण गर्न सकिन्छ।

    चौथो दिन
    अन्तीम दिन तानसेन भन्दा पर रामपुर नगरपालिकामा रहेका पर्यटकीय स्थलहरुको भ्रमण गर्न सकिन्छ। रामपुरमा रहेका गन्तव्यसँगै कौडेलेक छ। त्यहाँबाट विभिन्न ठाउँहरुको दृष्यावलोकन गर्ने, स्थानिय मगर समूदायकोमा होम स्टेमा बसाल्न सकिने गरि हामीले प्याकेजको व्यवस्था गरेका छौं। यसरी घुम्नको लागि १० जनाको समूह भएर आउनुभयो भने ४ दिनको लागि प्रतिव्यक्ती ४ हजार रुपैयाले घुम्न सकिन्छ। फूल प्याकेजका लागि हामीले प्रशिक्षित गाइड पनि व्यवस्था गर्ने छौं।

    आधा वा एक दिनको प्याकेजमा केही बेर तानसेन बजारको अवलोकनसँगै माथि उल्लेखित केही गन्तव्य छनोट गर्न सकिन्छ। तानसेन र आसपासका ठाउँको प्राकृतिक वातावरणमा रमाउन हाइकिङलाई छुट्टै समय दिन पनि सकिन्छ। यहाँ छोटो र लामो पदयात्रा गर्न मिल्ने ठाउँहरु छन्। पदयात्रा मार्फत सेनकालिन ऐतिहासिक ठाउँ र विभिन्न भ्युप्वाइन्टहरुअवलोकन गर्न सकिन्छ। थाम्केडाँडा, कुहिरे भिर लगायतका लगायतका ठाउँको पर्यटन प्रवद्र्धनको लागि हामीले गत साउनमा पदयात्रा पनि गरेका थियौं। प्रकृतिमा रमाउन यी ठाउँहरु उपयुक्त छन्। कालिगण्डकीमा र्याफ्टीङ, प्याराग्लाइडिङ जस्ता सहासिक पर्यटनको लागि पनि पाल्पा उपयुक्त छ। पाहुनाहरुको स्वागतको लागि तानसेन र आसपासमा सुविधायुक्त होटल रहेका छन्। होम स्टे पनि रहेका छन्। तानसेनमा आएर यहाँका विभिन्न गन्तव्यहरु अवलोकन गर्न अनुरोध गर्छु।