२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • पर्यटकसँगै लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न मन्त्री तामाङको आग्रह

    काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले पर्यटकसँगै विदेशबाट बढी भन्दाबढी लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न पर्यटक प्रवद्र्धकसँग आग्रह गरेका छन्। नवनियुक्त पर्यटन प्रवर्द्धकलाई आइतबार मन्त्रालयमा नियुक्तिपत्र, परिचयपत्र र राष्ट्रिय झण्डा प्रदान गर्दै मन्त्री तामाङ्ले मुलुकको हित र पर्यटन प्रवर्द्धनका निम्ति सक्रियरुपमा लाग्न निर्देशन दिए।

    मन्त्री तामाङ्ले प्रवद्र्धकहरुलाई देश र जनताको पक्षमा काम गर्न आग्रह गरे। प्रवर्द्धकको तर्फबाट बेलायतका लागि नियुक्त सोमनाथ सापकोटाले देशको सर्वोपरी हितलाई केन्द्रमा राखेर पाएको जिम्मेवारीलाई कुशलतापूर्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

    नेपालको पर्यटन प्रवर्द्धन गर्न यही फागुन १३ गतेको मन्त्री स्तरिय निर्णयबाट सरकारले विभिन्न मुलुकमा २९ प्रवर्द्धक नियुक्त गरेको थियो। पर्यटन प्रवर्द्धक कार्यविधि २०७९ को पहिलो संशोधनअन्तर्गत मन्त्रीस्तरिय निणर्य गर्दै नियुक्त गरिएको मन्त्रालयले जनाइएको छ।