२०८३ जेष्ठ २६ गते, मंगलवार ०४:०७
  • रेसुंगा विमानस्थलमा अब सातामा ३ उडान

    तमघास – गुल्मीको रेसुंगा विमानस्थलबाट सोमबार पनि उडान हुन थालेको छ। यस अघि बुधबार र शुक्रबार विहान गरी दुई दिन उडान हुँदै आएकोमा अब सातामा ३ दिन उडान हुन थालेको हो।

    सोमबार विहान काठमाडौँबाट गुल्मी १५ जना यात्रु आएका थिए। गुल्मीबाट काठमाडौँ १७ जना यात्रु गएको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिए। यात्रुको चाप बढेकाले सातामा ४ वटा उडान गर्न आँफूहरुले माग गरेको उनले बताए। रेसुंगा विमास्थलमा नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले उडान गर्दै आएको छ।