२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • कपिलवस्तुकाे लुम्बिनी ग्रिन रिसाेर्टले पायाे चार तारा हाेटलकाे इजाजत

    बुटवल – कपिलवस्तुकाे चन्द्राैटामा रहेकाे लुम्बिनी ग्रिन रिसाेर्टले चार तारा होटलकाे इजाजत प्राप्त गरेकाे छ। पर्यटन विभागले शिवराज नगरपालिका -२ चन्द्राैटामा रहेकाे रिसाेर्टलाई विहिवार चारतारास्तरमा  वर्गिकरण गरि इजाजत प्रदान गरेकाे हाे।

    लुम्बिनी ग्रिन रिसाेर्ट कपिलवस्तुकै पहिलाे चारतारा हाेटल बनेकाे छ। याे काठमाडौं बाहिरकाे पहिलाे डिलक्स रिसाेर्ट समेत हाे। यस्तै नेपालभर तिनवटा डिलक्स रिसाेर्ट मध्ये लुम्बिनी ग्रिन पनि रहेकाे रिसाेर्टका अध्यक्ष लक्षमण भण्डारीले जानकारी दिए।  रिसाेर्टले विश्व पर्यटन दिवसका दिन नेपालभरबाट उत्कृष्ट रिसाेर्टकाे अवार्ड समेत प्राप्त गरेकाे थियाे।

    २०७५ सालमा स्थापना भएकाे रिसाेर्ट सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीकाे व्यवस्थापनमा सञ्चालित छ। रिसाेर्टमा हाल ६२ वटा काेठा रहेका छन्। आफ्नै कृषि फममा उत्पादित खाना रिसाेर्टकाे मुख्य बिशेषता हाे। छिट्टै कसिनाे सञ्चालन हुने र रिसाेर्टमा ४ सय जनालाई राेजगारी सिर्जना हुने अध्यक्ष भण्डारीले जानकारी दिए।