२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • लुम्बिनीको क्षेत्रको प्रवर्द्धनका लागि एनआरएनए, कोष र चार नगरपालिकाबीच समझदारी हुँदै


    बुटवल – लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासको लागि गैरआवासीय नेपाली संघ, लुम्बिनी विकास कोष र बुद्ध परिपथका पालिकाबीच सम्झौता हुने भएको छ। यही चैत १४ गते एनआरएनए, कोष सहित लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलबस्तु नगरपालिका, रामग्राम नगरपालिका तथा देबदह नगरपालिकाबीच संयुक्त साझेदारीको लागि समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो।

    बुद्ध जन्मस्थल लुम्बिनीलाई गैरआवसीय नेपाली संघको माध्यमबाट संस्थागत रुपमै विभिन्न कार्यक्रम गरेर अघि बढाउने उदेश्य सहित समझ्दारी पत्रमा हस्ताक्षर गर्न लागिएको गैर आवसीय नेपाली संघका उपमहासचिव एवं पर्यटन प्रवद्र्धन समितिका संयोजक सोम सापकोटाले जानकारी दिए। यसबाट लुम्बिनीको अन्तर्राष्ट्रिय प्रचार प्रसार र बुद्ध दर्शनलाई संसारभर पुर्यान सघाउ पुर्याउने उनले बताए।