२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • मार्चमा एक लाख २८ हजार पर्यटक नेपाल आए

    काठमाडौँ -गत मार्च महिनामा एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएका छन्। २०२३ को मार्चको तुलनामा यो वर्ष २८ हजार ७४१ ले बढि हो। अघिल्लो वर्ष मार्चमा ९९ हजार ४२६ पर्यटक नेपाल आएका थिए।

    यसपटक सबैभन्दा बढि भारतबाट ३० हजार ६९८ पर्यटक आएका छन्। चीनबाट १२ हजार ०९२ र अमेरिकाबाट १० हजार ७६३ पर्यटक नेपाल आएका छन्। त्यसै गरि थाइल्यान्डबाट चार हजार ५६७, बेलायतबाट सात हजार २४१, बंगलादेशबाट दुई हजार ९४६, श्रीलंकाबाट पाँच हजार ७४१ जना पर्यटक भित्रिएका छन्।

    कोरोनाअघि सन् २०१९ मा एक लाख २७ हजार ३५१ पर्यटक भित्रिएका थिए। मार्च, अप्रिल र मेलाई पर्यटकीय सिजन मानिन्छ।