२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • होटल पौवाले आठौं स्थापना दिवस मनायो

    बुटवल -होटल पौवाले आइतबार आफ्नो आठौं स्थापना दिवस मनाएको छ। नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै आएको पौवाले स्थापना दिवसको अवसरमा १२ वटै शाखामा विविध कार्यक्रम गरेको छ। दिवसको अवसरमा होटल पौवा बुटवल र भैरहवाले रक्तदान कार्यक्रम गरेको छ।

    बुटवलमा आयोजित कार्यक्रममा होटलमा कार्यरत कर्मचारी तथा अन्य सदस्यहरुको सहभागीतामा ५५ युनिट रक्त संकलन गरिएको बुटवल शाखाका म्यानेजर निशान्त खरेलले जानकारी दिए। रक्त सञ्चार सेवा केन्द बुटवलको प्राविधिक सहयोग तथा नियमित रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा कार्यक्रम भएको हो।भैरहवा शाखाले गरेको कार्यक्रममा ५० बढिले रक्तदान गरेका छन्। रक्तदाता सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो।

    होटल पौवाको काठमाडौं शाखाले शंखमुल स्थित गुरुकुल आश्रममा आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ।
    त्यसैगरि पौवाको तानसेन शाखाले नगरको सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्रमा रहेका आश्रितहरुलाई खाना खुवाएको छ। दाङको घोराही शाखाले जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा रहेक जेष्ठ नागरिकहरुलाई खाना खुवाई खुसी साटासाट गरेको छ।

    होटल पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उता पर्यटकीय राजधानी पोखरामा साहारा अकेडेमी बाल अनाथ आश्रम टुटुङ्गा रहेका आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा रहेको पौवाले स्थानीबासीलाई निशुल्क मधुमेह ,उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रक्त परिक्षीण तथा स्वास्थ्य परामर्श शिविर संचालन गरेको छ। बुटवलको केन सेन्टरसँगको सहकार्यमा भालुवाङमा स्वास्थ्य परामर्श शिविर संचालन गरिएको पौवाको भालुवाङ शाखाका प्रबन्ध श्याम न्यौपानेले जानकारी दिए।

    पौवाको लमही शाखाले नगर सरसफाई, गुल्मीको रेसुङ्गा शाखाले मन्दिर परिषरको सरसफाई कार्यक्रम तथा गुल्मी अस्पतालमा बिरामीलाई फलफुल बितरण कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ। धनगढी पौवाले नगर तथा शिवपुरि धाम मन्दिर सरसफाई तथा गोरुसिङ्हे शाखाले स्थानीय नगर सरसफाई तथा कर्णाली प्रदेशको जुम्ला शाखाले चन्दननाथ नगरपालिका जुम्ला वाड नम्बर ५ मा रहेका जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गरेर वार्षिकोत्सव मनाएको छ।

    ‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ नाराका साथ होटल व्यवसाय सुरु गरेको पौवाका नेपालका बिभिन्न शहरहरुमा १२ वटा शाखा संचालनमा रहेका छन् भने नेपालगन्जमा ५ तारे होटल निर्माणको काम धमाधम भइरहेको होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए।

    पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरि २, दाङमा ३, कपिलवस्तु, पाल्पामा, , गुल्मी, धनगढी, जुम्लामा, पोखरा र काठमाडौंमा एक एक वटा शाखा संचालनमा रहेको पौवाका प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिए। शाखा बिस्तारको लागि, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भैरहेको उनको भनाइ छ।