२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • लुम्बिनीमा किन देखिएन नयाँ वर्षको चहलपहल

    विगतमा होटलका कोठा सतप्रतिसत बुक हुन्थे, अहिले आधा मात्र

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा यो वर्ष पनि नयाँ वर्षको खासै चहलपहल देखिएको छैन। विगतमा नयाँ वर्ष मनाउन लुम्बिनीमा आन्तरिक पर्यटकहरुको निकै भिड लाग्ने गर्दथ्यो। कोरोना संक्रमणका कारण २ वर्ष लुम्बिनीको पर्यटन क्षेत्र संकटमा पर्यो। कोभिडको प्रभाव हटेको थुप्रै समय भइसक्दा पनि लुम्बिनीमा आन्तरिक पर्यटकहरुको आगमनले लय लिन सकेको छैन।

    नयाँ वर्षको अघिल्लो दिन चितवन र पोखरामा नयाँ वर्ष मनाउने पर्यटकहरुको चहलपहल एक्कासी बढेको छ । ति ठाउँमा होटलका सबै कोठाहरु प्याक छ। तर लुम्बिनीमा ५० प्रतिसत मात्र अक्कुपेन्सी भएको होटल संघ लुम्बिनीका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए।’ उहिले लुम्बिनीमा सतप्रतिसत होटलका कोठा बुक हुन्थ्यो। अहिले आधा जसो कोठामा मात्र पाहुना छन्।’ उनले भने। बुटवल नारायणगढ सडकको दुरावस्थाका कारण लुम्बिनी आउनेहरु घटेको ज्ञवालीको भनाइ छ।

    होटल सुरम्भाका सञ्चालक खिम श्रेष्ठले लुम्बिनीमा नयाँ वर्षको अनुभव नभएको बताए। ‘नयाँ वर्ष मनाउन विगतमा थुप्रै ग्रुपहरु आउने गर्दथे।’ उनले भने ‘परिवार र साथीभाइ सहित आउने ग्रुप अहिले देखिएको छैन। गर्मी भएको कारण एउटा होला। अर्को बाटोको अवस्थाले गर्दा पनि आन्तरिक पर्यटक नआएका हुन्।’ बुटवल नारायणगढ सडक विस्तारमा ढिलाई हुँदा पूर्वबाट घुम्न आउनेहरु लुम्बिनी आउन खोजेका छैनन्। सडक विस्तारलाई अब तिब्रता दिनुपर्ने पर्यटन व्यवसायीहरुको माग छ।