२०८१ आश्विन २१ गते, सोमबार ०७:१३
  • बुद्ध फाउण्डेसनको आयोजनामा युकेमा बुद्ध जयन्ती मनाइँदै

    बुटवल- युकेमा २५६८ औं बुद्ध जयन्ती मनाइने भएको छ। बुद्ध फाउण्डेसन युकेको आयोजनामा बुद्ध जयन्ती मनाउन लागिएको हो। बेलायत स्थित नेपाली दुतावाससँगको सहकार्यमा मनाउन लागिएको कार्यक्रममा बेलायत स्थित विभिन्न राजदुतावासका कुटनितिज्ञ, मेयर, उपमेयरका साथै नेपाली संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहने दिपक श्रेष्ठले जानकारी दिए।

    प्रत्येक वर्ष बुद्ध फाउण्डेसनले युकेमा बुद्ध जयन्ती मनाउँदै आएको छ। लुम्बिनीको प्रचार प्रसार र बुद्धको सन्देशलाई संसारभर फैलाउने उदेश्यले बुद्ध जयन्ती मनाउन लागिएको कार्यक्रम संयोजक तथा फाउण्डेसनकी उपाध्यक्ष प्रसुना कंडेलले बताइन्।

    कार्यक्रमको लागि फाउण्डेसनले लुम्बिनी र बुद्ध सम्बन्धी पोस्टर सहितका सामाग्रीको लागि सहयोग गर्न नेपाल सरकारका पर्यटक पर्यटक प्रवद्र्धक सोम सापकोटालाई आग्रह गरेको छ। गैर आवासीय नेपाली संघका पर्यटन प्रवद्र्धन संयोजक समेत रहेका सोम सापकोटाले आफूले पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषसँग समन्वय गरेर प्राप्त डिजिटल सामाग्रीहरुलाई विभिन्न देशका कुटनीतिक नियोगमा पठाउने गरेको बताए। साथै गैर आवसीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदमा पनि पठाउने गरेको उनले जानकारी दिए।

    नेपाल सरकारका धेरै जसो कुटनीतिक नियोगमा बुद्ध जयन्तीको कार्यक्रम रहेको भन्दै सापकोटाले त्यसमा गैर आवासीय नेपाली संघ सहित नेपाली कमिटीका विभिन्न संघ संस्थाहरुको समन्वय रहेको बताए। मुलुक बाहिर यसरी बुद्ध जयन्ती मनाउँदा लुम्बिनी र नेपालको थप प्रचार प्रसार र प्रवद्र्धन हुने सापकोटाको भनाइ छ।